News Category 2076/08/28
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
नेपाली काँग्रेस सप्तरीले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै शुक्रबार राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
सुक्ष्म अनुसन्धानै नगरी झुठो मुद्दा लगाई प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको भन्दै काँग्रेसले सो विरोध प्रदर्शन गरेको हो ।
नियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाइएको भन्दै काँग्रेसले झुठा मुद्दा खारेजगरी अबिलम्ब रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।
स्थानिय ३५ बर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
महिलाहरु समेत सहभागितामा स्थानिय राजरंगशालाबाट निस्केको बिरोध जुलुस प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाईएको छ ।
ज्ञापनपत्रमा निर्दोष वडाध्यक्षलाई झुठो उजुरीको आधारमा सत्यतथ्य छानविन नै नगरी मुद्दा दर्ता गरिएकोमा कडा आपत्ती जनाउँदै घटनाको उच्चस्तरिय छानविन हुनुपर्ने माग गरिएको छ ।
यता नेपाली काँग्रेसका सभापति दिनेश कुमार यादवले स्थानिय केही व्यक्तिले षडयन्त्र गरी वडाध्यक्ष साहलाई फसाउन खोजेको दावी गर्दै झुठा मुद्दा खारेजी नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ