News Category 2076/08/29
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
राजविराज÷हाम्रो कृषि सहकारी संस्था राजविराजको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अमिरनारायण यादवको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रमुख विष्णु पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा व्याबसन सप्तरीका अध्यक्ष देवनाथ चौधरी, पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष ब्यासशंकर उपाध्याय, संचारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, गोपाल प्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो सभामा संस्थाका अध्यक्ष अमिरनारायण यादवले अधयक्षीय प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले एक वर्षको अवधीमा ७५ जना शेयर सदस्यबाट १ सय ५४ जना शेयर सदस्य थप भएको जानकारी दिए । उनले २ लाख ४० हजार २ सय शेयर पुँजीबाट २७ लाख ३० हजार ५ सय शेयर पुँजी बढोत्तरी भएको जिकिर समेत गरे ।
सोही प्रतिवेदनमा १ करोड ६३ लाख ४६ हजार ३ सय ४३ रुँपैया २७ पैसा निक्षेप संकलन गर्न सफल भएको उनले जानकारी दिँदै संकलित निक्षेपबाट फिर्ता भई हाल ४१ लाख १५ हजार ९ सय ९० रुँपैया २३ पैसा बाँकी रहेको बताए ।
सोही सभामा लेखा समिति संयोजक देवकान्त चौधरीले आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा आ.ब. २०७५ साउनदेखी २०७६ असारसम्म २ करोड ८६ लाख ८७ हजार ६ सय १८ रुँपैया २७ पैसा बराबरको आयव्यय प्रस्तुत गरे ।
साधारण सभाको उद्घाटन सत्रमा संस्थाका ब्यवस्थापक नेहारानी गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् भने राजविराज वडा नं. ७ का अध्यक्ष माँगिलाल नाई, पत्रकार नवीन कुमार गुप्तालगायतको अन्य शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ