News Category 2076/09/02
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान

दैनिक समाचारदाता
राजविराज, १ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट गायत्री महिला चेतना केन्द्रले घरेलु हिंसाबाट पीडित असहाय र विपन्न महिलाहरुका लागि मंगलवारदेखि जाडो छल्न न्यानो अभियानको शुरुवात गरेको छ ।
छिन्नमस्ता गाँउपालिकाको वडा नं. २ को मुसहरी टोलका चार जना र वडा न. ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पीडित गरिब र बिपन्न महिलाहरुलाई एक÷एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।
वडा न. २ को मुसहरी टोलका सरस्वतीदेवी सदा, प्रमिलादेवी सदा, शोभियादेवी सदा र बचकैनदेवी सदालाई एक÷एक थान कम्वल र स्वेटर प्रदान गरेको गायत्री महिला चेतना केन्द्रकी अध्यक्ष जुही ठाकुरले जानकारी दिदै उनीहरुलाई श्रीमानले घर निकाला गरेपछि आ–आफनो माईती र मामा घरमा बस्दै आएको बताइन् ।
यसैगरी छिन्नमस्ता गाउपालिका ३ धोबीयारी टोलकी अनितादेबी सदा, अमलादेबी सदा, अमरिकादेवी सदा, अलोधैनदेवी र शनिचरीदेवी सदालाई एक एक थान कम्वल र स्वेटर प्रदान गरिएको छ । तिनीहरु पनि घरेलु हिंसा पीडित हुन ।
अध्यक्ष ठाकुरले जिल्लाभरीका घरेलु हिंसा पीडित एक सय जना महिलाहरुलाई जाडो छल्न कम्वल र स्वेटर वितरण गरिने लक्ष्य संस्थाको रहेको जानकारी दिएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ