News Category 2076/09/02
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
शम्भुनाथ नगरपालिकाले वडा नं. १२ का अध्यक्ष लक्ष्मी साहलाई पूर्वाग्रह राखी झुठा अभियोग लगाएर फसाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
शम्भुनाथ नगरपालिकाका प्रमुख, उपप्रमुखसहित सम्पूर्ण वडा अध्यक्षहरुले संयुक्त रुपमा बुधबार विज्ञप्ति जारि गर्दै निर्दोष वडा अध्यक्ष साहलाई कुनै ठोस प्रमाण बिना नै झुठा मुद्दा लगाई प्रहरीद्वारा कारवाही अगाडी बढाएको आरोप लगाएका छन् ।
नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि बितरित सो विज्ञप्तिमा बिरोध स्वरुप वडा अध्यक्षको रिहाईको एक सूत्रिय माँग गर्दै बुधबारदेखी नगरपालिकाको मातहतका सम्पूर्ण वडा कार्यालय तथा विषयगत कार्यालयहरुको सम्पूर्ण कामकाज अनिश्चितकालिनका लागि बन्द गरिएको उल्लेख छ ।
वितरित विज्ञप्तिमा वडा अध्यक्षलाई झुठो अभियोग लगाई उजुरीकर्ता महिलाको गैर कानुनी कार्यमा अध्यक्ष साहले सहयोग नगर्दा नभएको नगरेको कार्य भए गरेको भनी व्यक्तिगत रिसिबिका कारण फसाइएको उल्लेख छ । साथै विज्ञप्तिमा महिलाले चरित्र हत्या गर्ने जस्तो घृणित कार्य गरेको हुँदा सो सम्बन्धमा सत्य तथ्य छानबिन गरि दोषि नछुट्ने र निर्दोष नपर्ने भन्ने मान्यताका आधारमा सिघ्र न्यायिक निरुपनका लागि नगरपालिकाले सम्बन्धित पक्षसँग आग्रह समेत गरेको छ ।
बितरित विज्ञप्तिमा नगरपालिका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमारी सरदार, वडा १ का अध्यक्ष इनरदेव साह, २ का अध्यक्ष दर्गानन्द भगत, ३ का अध्यक्ष शत्रुधन प्रसाद चौधरी, ४ का अध्यक्ष अरुण कुमार चौधरी, ५ का अध्यक्ष हिरण प्रसाद चौधरी, ६ का अध्यक्ष मो. याकुव रईन, ७ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ८ का अध्यक्ष लक्ष्मीकान्त चौधरी, ९ का अध्यक्ष मनोज कुमार चौधरी, १० का अध्यक्ष पतिराम सदा र ११ का अध्यक्ष शम्भु प्रसाद चौधरी थारुको हस्ताक्षर रहेको छ ।
यसअघि वडा अध्यक्ष साहसहित तीन जनालाई एक महिलाको बलात्कार प्रयासको आरोपमा गत बुधबार मंसिर २५ गते प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ