News Category 2076/09/07
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
छाडा पशुचौपाया नियन्त्रण गर्ने अभियान अन्तरगत राजविराज नगरपालिकाले पटक पटक सूचना प्रकाशित गर्दा समेत त्यसलाई अटेर गरेपछि अहिले नगरपालिका स्वयंम छाडा पशु चौपाया नियन्त्रण गर्न लागि परेको छ ।
सो अभियान अन्तरगत सोमबार नगरपालिकाले पाँच वटा छाडा सुंगुर नियन्त्रणमा लिई मारेको छ । पटक पटक पशुधनीलाई आग्रह गर्दा समेत अटेर गर्दै छाडा रुपमा सडकमा देखिएका ती सँुगुरहरु नियन्त्रणमा लिई मारिएको नगरपालिकाका अधिकृत मनोज कुमार यादवले जानकारी दिएका छन् ।
अहिले छाडा पशु चौपायाका कारण राजविराज नगरपालिकाको बजार क्षेत्रमा दुर्घटना हुने सम्भावनाका साथै ट्राफिक ब्यवस्था समेत प्रभावित हुने गरेको छ ।
पटक पटक विभिन्न सूचना तथा माइकिङ गरेर छाडा पशु चौपाया सडकमा नछोड्नु भनी जानकारी गराउँदा समेत पशु धनीहरुले सो सूचनाको अटेर गरेपछि नगरपालिकाले ती पशु चौपायालाई नियन्त्रण गरि कान्जी हाउसमा राख्न सुरु गरेको छ ।
छाडा पशु चौपाया नियन्त्रण गरि राजविराज नगरपालिकास्थित कान्जि हाउसमा हाल पनि एक दर्जन बढी पशु चौपायालाई राखिएको तथा दुई दर्जन बढी नियन्त्रणमा रहेका पशु चौपायालाई पशुधनीहरुले शुल्क तिरी लगेको अधिकृत यादवले बताए ।
कान्जी हाउसमा नियन्त्रण गरि राखिएको ती पशु चौपाया पशु धनीले लिन आएमा पहिलो दिन केही जरिवानासहित जिम्मा लगाउने तथा दोश्रो दिन लिन आएमा ५० रुँपैयाको दरले जरिवाना बढ्दै जाने उनले बताए । त्यस्तै एक हप्तासम्ममा लिन आएमा एक हजार र आठौं दिनसम्म नआएमा ती पशु चौपायालाई प्रक्रिया पु¥याई लिलामी समेत गर्ने उनले बताए ।
हाल राजविराज नगरको अति व्यस्त सडकहरुमा पशु चौपायाहरु उल्लेख्यीय देखिन्छ । रातीको समयमा नगरको मुख्य गजेन्द्र चौकमा गाई, गोरु, साढे लगायत घेराहाली बस्ने गरेको देखिन्छ ।
यस्तै दिउँसोको समयमा अदालत रोडदेखी राममन्दिरसम्मको सडक क्षेत्रमा बाख्रा, गाई, साँढे, सुँगुरहरु जताभावी घुमफिर गरेको देखिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ