News Category 2076/09/09
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका सडकखण्डमा मंगलबार दिउँसो बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
राजविराजबाट लहानतर्फ जाँदै गरेको ना.३ख. १२६९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६५प. ९०४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको लक्ष्मीपुर गाउँपालिका ३ बस्ने ३५ वर्षिय अरुणकुमार साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछिल्लो सिटमा सवार सोही वडाकी २९ वर्षिया कल्पना साह गम्भिर घाइते भएकी छिन् । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।
घटनापछि बस चालक भने बस घटनास्थलमै छाडी फरार भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ