News Category 2076/09/09
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
इन्सेक सप्तरीले जिल्लामा एक वर्षको अवधीमा २२ जनाको हत्या भएको तथ्याङ्क मंगलबार सार्वजनिक गरेको छ ।
इन्सेक सप्तरीले राजविराजमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक स्थितीसूचक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा यस अवधीमा राज्यबाट १, अज्ञात व्यक्तिबाट ६, आफन्तबाट १३ र साथीहरुबाट दुई जना गरि २२ जनाको हत्या भएको उल्लेख छ ।
यस अवधीमा गोली प्रहारका २, बम विस्फोटका १, अपहरणका १, गर्भपतनका १ र बालबिवाहको १ घटना भएको प्रस्तुत प्रतिवेदनले देखाएको छ । त्यस्तै सोही अवधीमा बलात्कारका ३२, बलात्कार प्रयासका ३, बालयौन दुरव्यबहारका ४ र बालबालिका अपहरणका ६ घटना भएका छन् ।
इन्सेकले जिल्लामा घटेका ३३ वटा गम्भिर खालका घरेलु हिंसाका घटना समेत प्रतिवेदनमा उल्लेख गर्दै विशेष गरि विवाह दर्ता, जन्म दर्ता, नागरिकता, दाइजो, चरित्रहीन, बहुविवाहलगायतका कारणले घरेलु हिंसा बढेको जनाएको छ ।
इन्सेक सप्तरीका अनुसार सन् २०१९ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा एक सय ६३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
बालबालिका अपहरणका ६ घटनामा पाँच बालिका र एक बालक पीडित भए भने ११ जना आरोपित रहे । आरोपितमध्ये ६ जना थुनामा छन्, तीन जना फरार छन्, एक जना धरौटीमा रिहा भए भने एक जना बालसुधार गृहमा छन् । बालबालिका विरुद्धको कसूरको एउटा घटनामा एक जना धरौटीमा र बाल दुरुपयोगको एक घटनामा चार जनाले सफाई पाएको उल्लेख छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले घटनाहरुको उल्लेखका साथै इन्सेकले न्यूनिकरणका उपायबारे सुझाव समेत प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । मानवअधिकारको क्षेत्रलाई व्यापक बनाउनु पर्ने भन्दै उनले घटना जे हो त्यही ल्याउने काम सबैले गरेमा मात्र न्याय हुने बताए ।
तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले वैदेशिक रोजगारले घरबार बिग्रिनुका साथै हिंसा बढेकोले अध्ययन अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे ।
त्यस्तै डिएसपी तिलक भारतीले सरोकारवालाबीच हुने समीक्षाले अवस्था छर्लङ्ग भई निचोड निकाल्न सहज हुने भन्नु हुँदै कतिपय घटनाको अनुसन्धान चाँडै हुने भएपनि कतिपय घटनाको गहिराइमा पुग्न समय लाग्ने गरेको बताए ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्रेस्तेदार दिलकुमार वर्देवा, गणपति गुप्तबहादुर कुँवर, सशस्त्र एसपी उद्धव न्यौपाने, कारागार प्रमुख सत्यनारायण यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष रमानन्द साह, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटा, मानवअधिकार निगरानी समूह राजविराजका अध्यक्ष रघुवर साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, ज्येष्ठ नागरिक संघका प्रदेश अध्यक्ष शंकर शारदा, जिल्ला कानुनी सहायता अधिकृत रामप्रसाद गौतम, ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडा, सगरमाथा कल्याण संघका अध्यक्ष बलदेव मण्डल, निलहिरा समाजका रामप्रसाद चौधरी, कानुन व्यवासायीहरु मनु खनाल, रञ्जिता रिजाल, प्रतिभा देव, पत्रकार हेकशंकर सिंह, राजु जयसवाललगायत अधिवक्ता, सञ्चारकर्मी, अधिकारकर्मीहरुले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ