News Category 2076/09/09
दुर्घटनामा दुई जनाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डस्थित बिरेन्द्र बजार नजिकै जिप र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ ।
मंगलबार राती १० बजेतिर तिब्र गतिमा गुडिरहेका स.१०प. ८२५ नम्बरको मोटरसाइकल र ज.१च. १३८१ नम्बरको जिप एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षिय मोटरसाइकल चालक राकेश यादव र पछिल्लो सीटमा सवार सोही वडाका ३२ वर्षिय प्रभास यादव छन् ।
दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।
जीप चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने ललित माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका बेला तिब्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ