News Category 2076/09/09
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी, डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
सप्तरीको राजगढ गाउँपालिकामा मनपरी तथा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले वडा नं. ३ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् ।
गाउँपालिकाका प्रमुख परमानन्द यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तथा पूर्व जानकारी बिनै परिषद गर्न लागेको भन्दै वडाध्यक्ष र अन्य राजनीतिक दलका स्थानिय नेता कार्यकर्ताहरुले मिलेर तालाबन्दी गरेका हुन ।
वडा नं. ६ का अध्यक्ष कमलदेव यादव, वडा नं. २ का अध्यक्ष ललित सिंह, वडा नं. ४ का अध्यक्ष हेम नारायण साहका साथै राजपा, समाजवादी पार्टी र नेकपाका स्थानिय नेता कार्यकर्ताहरु मिलेर तालाबन्दी गरेका छन् ।
उनीहरुले गाउँपालिका प्रमुख यादवले मनपरी तथा गोप्य ढंगले काम गर्ने गरेको तथा विकास निर्माणको विभिन्न कार्यमा अनियमितता गरेको आरोप लगाउँदै तालाबन्द गरिएको जनाइएको छ ।
गाउपालीकालाई तीन जना वडाध्यक्षहरूले संयुक्त रुपमा गाउँपालिकामा बुझाएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकको जानकारी समयमा नदिएको, बैठकको निर्णय समयमा सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको आरोप लगाइएको छ ।
त्यस्तै विभिन्न चरणमा आय–व्यय विवरण पास गर्नुपर्ने नियमविपरीत आफूखुसी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधी खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्ष लगायतका स्थानीय जनप्रतिनिधि समेतलाई जानकारी नदिई आफूखुसी समिति गठन गरेको ज्ञापनपत्र मार्फत आरोप लगाइएको छ ।
यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकामा समेत आर्थिक अनियमितताको आरोप लगाउँदै स्थानिय एक पक्षले तालाबन्दी गरेका छन् । त्यो तालाबन्दी अझै खुलेको छैन ।
त्यस्तै ७ महिना अघि सदरमुकाम राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पनि आर्थिक अनियमितता भएको भन्दै पदाधिकारीहरुकै एक समुहद्वारा तालाबन्दी गरिएको थियो ।
त्यहा गरिएको तालाबन्दी पनी खुलाउन कुनै निकायबाट साकारात्मक पहल नहुँदा ७ महिना अघि लगाइएको ताला अहिले सम्म खुलेको छैन । जसकारण कार्यालयबाट प्रवाह हुने सेवा र दैनिकी कामकाज लामो समयदेखि ठप्प छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ