News Category 2076/09/10
सुँगुर मार्नेलाई पाँच सय पुरस्कार
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
राजविराजस्थित सडकमा देखिने छाडा सँुगरलाई मार्ने व्यक्तिलाई राजविराज नगरपालिकाले पाँच सय पुरस्कार घोषणा गरेको छ ।
छाडा पशु चौपाया नियन्त्रण अभियान अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाका दरले पुरस्कार दिने नगरपालिकाले घोषणा गरेको छ ।
छाडिएका पशु चौपायाले दुःख दिन थालेपछि राजविराज नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न र प्रभावकारी बनाउन अभियान सुरु गरेको हो ।
पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको तीन दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारेका छन् ।
विहिबार सम्ममा ८ वटा छाडा सुँगुर मारेर स्थानिय केही युवाले बुझाई सकेको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानका ईन्चार्ज उमेश प्रसाद यादवले जानकारी दिएका छन् ।
अभियानकै क्रममा नगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण कार्य पनि प्रभावकारी र कडाई बनाईएको छ । सडकबाट नियन्त्रणमा लिईएको गाई, साढे आदि चौपायालाई अब कसैको पनि सिफारिसमा नछोडिने नगरप्रमुख शम्भु प्रसाद यादवले बताए ।
यसरी नियन्त्रणमा लिईएका चौपाया सिफारिसमा छोड्दा चौपाया धनीले चौपाया पुनः सडकमा छाडने प्रवृति दोहोरिने गरेकाले अब नियन्त्रणमा लिइ सकेपछि लिलामी सम्मको प्रकृया अघि बढाउने निर्णय गरी सकेको उनको भनाई छ ।
सडकबाट नियन्त्रणमा लिई नगरपालिकाको कान्जि हाउसमा त्यस्ता छाडा पशु चौपाया राखिने गरिएको छ । ८ दिन सम्म १ हजारमा पुग्ने तथा सो अवधिमा पनि लिन नआए लिलामी प्रकृयामा लैजाने नियम बनाईएको नगरप्रमुख यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ