News Category 2076/09/14
घुरबाट सल्केको आगोले एक महिला घाइते, आधा दर्जन घर नष्ट
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
चिसो छल्न बालिएको घुर सल्केर आगलागि हुँदा सप्तरीको सुरुङ्ग नगरपालिकामा एक महिला घाइते भएकी छिन् भने आधा दर्जन घर जलेर नष्ट भएको छ ।
सुरुङ्गा नगरपालिका ४ मधुपट्टी टोलमा सोमबार बिहान ६ बजेतिर भएको सो घटनामा सोही वडा निवासी ४९ वर्षिया इश्वरीदेबी राम घाइते भएकी छिन् । उनको स्थानिय पोलिक्निकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगो ताप्दै गएको बेला उनले लगाएको लुगामा आगो सल्केर उनी घाइते भएको प्रहरीको भनाई छ ।
चिसो हावासँगै सोही घुरबाट फैलिएको आगोले सोही वडाका फतुरी रामको ४, दुर्गानन्द राम र हरेराम रामको फुसको संरचना भएको एक एक गरि ६ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले आगलागिबाट लत्ता कपडा, खाद्यान्न र भाँडाकुँडा समेत जलेर नष्ट भई करिब ६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । बारुणयन्त्र, स्थानीयवासी र प्रहरीको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण लिई बस्तिलाई थप क्षतिबाट जोगाइएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ