News Category 2076/09/16
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट आधा दर्जन यूवा नेता आकांक्षी
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
राष्ट्रिय सभा निर्वाचनका लगि राजपा नेपाल सप्तरीबाट ६ जना यूवा नेताहरुले आकांक्षा बढाएका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाले गठनबन्ध गरेका छन् । जसमा राजपा र नेकपाले दुई दुई सीट बाडेका छन् । यही दुई सीटका लागि सप्तरीबाट राजपाका ६ जना यूवा नेताहरुले सक्रियता बढाएका हुन् ।
राजपा नेपालले राष्ट्रिय सभामा दुई सिटका लागि नेकपासँग सहकार्य गरेपछि जित सुनिश्चित ठानिएको वेला राजपाका युवा नेता केशव झा, गजेन्द्र कुमार मण्डल, अमरनाथ मण्डल, दिपेन्द्र चौधरी, किशोर कुमार यादब र बिनोद कुमार यादबले सक्रियता बढाएका हुन ।
दुई पदका लागि सप्तरी जिल्लाबाटै आधा दर्जन आकांक्षी देखिएपछि राजपाका शिर्ष नेताहरूलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको पार्टी श्रोतले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य पदका आकाँक्षि देखिएका उल्लेखित सबै उम्मेदवार मधेश आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको तथा स्थानिय स्तरमा समेत जनाधार भएको ब्यक्तित्व भएकाले उम्मेदवार छान्न पार्टीलाई सकस परेको नाम नछापीदिन आग्रहका साथ राजपा एक केन्द्रीय नेताले बताए ।
चर्चामा रहेका यी आकांक्षीहरू अहिले पार्टीको स्थानिय तहदेखि केन्द्रसम्म आप्mनो पक्षमा लबिंग थालेको बुझिएको छ ।
यता पार्टीमा लामो समयदेखि आबद्ध भई पार्टीको हरेक कार्यक्रम र आन्दोलनमा सक्रिय सहभागिता जनाउदै आएका युवाहरूले राष्ट्रिय सभामा युवाहरूलाई नै अबसर दिनुपर्ने माँग गरेका छन ।
राष्ट्रिय सभा सदस्य पदका आकांक्षी देखिएका सबै स्थानिय जनता माझ निकै लोकप्रिय मानिन्छ । सबैले आफुले अवसर पाए मधेशको हकहित र मधेश आन्दोलनले उठाउदै आएको सवाल सम्बोधनका लागि काम गर्ने साझा मुद्दा उठाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ