News Category 2076/09/20
जनमूखी व्यवसायीक कृषि क्षेत्रतर्फ उन्मूख हुँदै
राजविराज÷जनमूखी बहुउद्देश्यीय सहकारी संस्था राजविराज अब बचत तथा ऋणको कारोबार बाहेक अन्य समाजसेवा तथा व्यवसायीक कृषि क्षेत्रतर्फ समेत उन्मूख भएको छ ।
संस्थाको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा प्रेसित प्रतिवेदनमा संस्थाले बहुउद्देश्य क्रियाकलाप अन्तरगत व्यवसायिक कृषिका लागि पशुपालन, माछापालन, तरकारी खेती लगायतमा अग्रसर भएको उल्लेख छ ।
संस्थाले चालु आ.ब. बाट व्यवसायिक क्रियाकलापका लागि आफ्नै लगानीमा पशुपालन, माछापालन र तरकारी खेतीमा प्राथमिकता दिएको जनाइएको छ । यसका लागि संस्थाले केही जग्गा समेत खरीद गरेको छ ।
सो सभामा संस्थाका अध्यक्ष सचिन्द्र दासले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै आ.ब. २०७५÷७६ मा २२ करोड ५३ लाख ४९ हजार ४ सय ८० रुँपैया बराबरको निक्षेप संकलन गरेको जानकारी दिएका छन् । त्यस्तै संस्थाको शेयर पुँजी १ करोड ९५ लाख १ हजार ६ सय रहेको तथा ५२ लाख ३५ हजार ९ सय २७ रुँपैया गत आ.ब.मा खुद बचत भएको उल्लेख गरे ।
संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सदस्य देवनारायण चौधरी, शैलेन्द्र मण्डल, लेखा समिति संयोजक उमाशंकर देव, मिना यादव, नाजो खातुन, मौजेलाल यादव, पत्रकार नवीन कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन शत्रुधनलाल दासले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ