News Category 2076/09/21
प्रहरीद्वारा एकै दिन १७ जना फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
जिल्ला प्रहरी कार्यलय सप्तरीले एकै दिन विभिन्न मुद्दामा फरार १७ जना प्रतिवादीहरुलाई पक्राउ गर्न सपल भएको छ ।
सप्तरी प्रहरीको एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउलाई अभियानको रुपमा लिएपछि सोमबारै १७ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले सप्तरीको बलान बिहुल गाउाँपालिका ३ बस्ने ५४ वर्षिय कुटपिट मुद्दामा फरार जयराम साह, खड्क नगरपालिका ४ बस्ने ५८ वर्षका ज्यान मार्ने उद्योगमा फरार ईसराइल मियाँ, बोदेबर्साईन नगरपालिका ९ बस्ने ४७ वर्षिय लुटपिट मुद्दामा फरार चन्देश्वर साह, सोही नगरपालिका ९ बस्ने ५७ वर्षिय कुटपिट मुद्दामा फरार झौलि मंडल, सोही न.पा. २ बस्ने ४७ वर्षिय कुटपिट मुद्दामा फरार महेन्द्र साहलाई पक्राउ गरेको छ ।
त्यस्तै सप्तरीकै बोदेबर्साईन न.पा. २ बस्ने ३८ वर्षिय कुटपिट मुद्दामै फरार राम सुन्दर यादव,
सोही नगरपालिका १० बस्ने ५९ वर्षिय ज्यान मार्ने मुद्दामा फरार खगेन्द्र यादव, जिल्लाको सुरुङ्गा न.पा. ९ बस्ने वर्ष ४० वर्षिय कुटपिट मुद्दामै फरार नरसिहं चौधरी, खड्क न.पा. ९ बस्ने सोही मुद्दामा फरार फागु मण्डल, सोही नपा ६ बस्ने जारी मुद्दामा फरार रहेकी संगिता कुमारी चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरि प्रहरीले खड्क न.पा. ६ का जारी मुद्दामा फरार बद्री चौधरी, सोही नपा ६ लुटपाट मुद्दामा फरार नजबुद मिया, वडा नं. ६ कै फरार मुद्दामा राज कुमार साहलाई, खड्क न.पा. ९ बस्ने महिनारायण चौधरी भाई दिपनारायण चौधरीमाथी लुटपिट गरी फरार रहेकोमा पक्राउ गरेको छ ।
प्रहरीले सप्तरीकै खड्क न.पा. ९ बस्ने मिश्रीलाल चौधरीलाई छोरा अरुण कुमार चौधरीलाई लेनदेन मुद्धामा फरार रहेकोमा पक्राउ गरेको छ । यसैगरि खड्क न.पा. ९ बस्ने सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी जालसाँझी गरेको मुद्धामा तथा सप्तरीकै राजगढ गा.पा. २ बस्ने बलविर कुमार यादव कुटपिट अङ्गभङ्ग मुद्धामा फरार रहेकोले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ