News Category 2076/09/24
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १० दिनदेखी जारि धर्ना कार्यक्रमकै बीच बिहीबार सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता बितरण गरिनु पर्ने प्रमुख माँगसहित विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले धर्ना कार्यक्रम गर्दै आएको छ ।
धर्ना कार्यक्रमकै बीच वडा नं. ५ का केही बृद्धबृद्धाहरुलाई चालु आ.ब.को प्रथम चौमासिक किस्ता वापतको रु. १२ हजारका दरले भत्ता बितरण गरिएको हो । सामाजिक सुरक्षा भत्ता पाउन बाँकी रहेकाहरुलाई पनि वडा कार्यालय मार्फत बितरण गरिने वडा अध्यक्ष शिवशंकर पण्डितले जानकारी दिएका छन् ।
यस्तै सो गाउँपालिकाका सम्पूर्ण वडामा समेत बिहीबारैदेखी सामाजिक सुरक्षा भत्ता बितरण गरिने प्रतिबद्धता आएको संघर्ष समितिका संयोजक बिनोद कुमार यादवले बताए ।
यद्दपी उनले आफूहरुले उठाएका १४ बुँदे माँग मध्ये एउटा माँग मात्र सम्बोधन भएको र बाँकी माँग बारे हालसम्म गाउँपालिकाबाट कुनै प्रतिबद्धता नआएकोले धर्ना कार्यक्रम भने जारि रहने बताए ।
यता विगत १० दिनदेखी जारि धर्नालाई बिहीबार पनि निरन्तरता दिइएको छ । बिहान १० बजेदेखी १ बजेसम्म संघर्ष समितिको अगुवाईमा धर्ना दिइने गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ