News Category 2076/09/24
पहिलो पटक गजेन्द्र नारायण सिंह अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा एकपछि अर्को जटिल प्रकृतीका रोगको उपचार सम्भव हुँदै गएको छ । दक्ष चिकित्सक र आवश्यक उपकरणको उपलब्धतासँगै यस्ता रोगको सफल उपचार सम्भव हुँदै गएको हो ।
यसै क्रममा पछिल्लो पटक बुधबार साँझ स्तन क्यान्सरबाट पीडित एक बृद्धाको सफल शल्यक्रिया सम्पन्न गरिएको छ ।
स्तन क्यान्सरबाट पीडित सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकी ६० वर्षिया दुखनीदेवी खंगको सफल शल्यक्रिया गरि उनलाई नयाँ जिवन दिन अस्पतालका चिकित्सकले सफलता पाएका हुन् ।
देब्रे स्तनमा गाठो भएपछि उनी उपचारका लागि पुस ८ गते अस्पताल पुगेकी थिइन् । जाँचको क्रममा स्तनमा पलाएको गाठोको रगत परिक्षणका लागि पठाइएको थियो । सो रिपोर्ट सात दिनपछि प्राप्त हुँदा उनलाई क्यान्सर लागेको पुष्टि भएको थियो ।
डा. राजिव मिश्रा, डा. अजय चौधरीको नेतृत्वमा एनेसथेसिया डा. पारसमणि साहसम्मिलित टोलीले साढे तीन घण्टा लगाएर गरेको शल्यक्रिया सफल भएपछि ती बृद्धाले नयाँ जिवन पाएकी हुन् ।
यता उनलाई केही दिन अझ अस्पतालमै राखिने तथा पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताएका छन् ।
क्यान्सर पीडित पत्नीको राजविराजमै सफल उपचार सम्भव भएपछि परिवारजन खुशी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ