News Category 2076/09/25
पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
पुसी पुर्णिमाको अवसर पारेर शुक्रबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित सप्तकोशी नदीमा स्नान गर्ने मेला भर्नेहरुको घुँइचो लागेको छ ।
यस अवसरमा सप्तकोशी किनार (कोशी ब्यारेज) मा भब्य मेला समेत लागेको छ । यस दिन कोशी तथा अन्य पवित्र जलाशयमा स्नान (डुबुल्की) गरे पापबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
कोशी स्नान गर्न र मेला भर्न टाँढाका कतिपय तिर्थयात्रु अघिल्लो रातीनै आइपुगेका थिए । सुनसरी, सिरहा, मोरङ, उदयपुर र सप्तरीका साथै भारतको सिमराही, बिरपुर, भिमनगर, सहरसा, फारबिसगंज लगायतका स्थानहरुबाट समेत कोशी स्नान र मेला भर्न ठूलो संख्यामा तिर्थयात्रुहरु आएको हुनमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले जानकारी दिए ।
मेला व्यवस्थित पार्न प्रहरीको सहयोग समेत लिई आवश्यक सबै व्यवस्था मिलाइएको उनले बताए ।
कोशी स्नान र मेला भर्न एका बिहानैदेखी बैयलगाढा, बस, ट्रयाक्टर, मोटरसाइकलद, इरिक्सा लगायतका सवारीसाधन चढी तिर्थयात्रीहरु पुग्न थालेको र त्यो क्रम दिउँसो सम्म जारि रहेको स्थानिय राजु शर्माले बताए ।
पुसी पुर्णिका अवसरमा शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र कंचनरुप नगरपालिकाले एक दिनका लागि बिदा दिएपछि कोशी स्नान र मेलामा झनै रौनकता बढेको स्थानियहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ