News Category 2076/09/25
पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
पुसी पुर्णिमाको अवसर पारेर शुक्रबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित सप्तकोशी नदीमा स्नान गर्ने मेला भर्नेहरुको घुँइचो लागेको छ ।
यस अवसरमा सप्तकोशी किनार (कोशी ब्यारेज) मा भब्य मेला समेत लागेको छ । यस दिन कोशी तथा अन्य पवित्र जलाशयमा स्नान (डुबुल्की) गरे पापबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
कोशी स्नान गर्न र मेला भर्न टाँढाका कतिपय तिर्थयात्रु अघिल्लो रातीनै आइपुगेका थिए । सुनसरी, सिरहा, मोरङ, उदयपुर र सप्तरीका साथै भारतको सिमराही, बिरपुर, भिमनगर, सहरसा, फारबिसगंज लगायतका स्थानहरुबाट समेत कोशी स्नान र मेला भर्न ठूलो संख्यामा तिर्थयात्रुहरु आएको हुनमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले जानकारी दिए ।
मेला व्यवस्थित पार्न प्रहरीको सहयोग समेत लिई आवश्यक सबै व्यवस्था मिलाइएको उनले बताए ।
कोशी स्नान र मेला भर्न एका बिहानैदेखी बैयलगाढा, बस, ट्रयाक्टर, मोटरसाइकलद, इरिक्सा लगायतका सवारीसाधन चढी तिर्थयात्रीहरु पुग्न थालेको र त्यो क्रम दिउँसो सम्म जारि रहेको स्थानिय राजु शर्माले बताए ।
पुसी पुर्णिका अवसरमा शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र कंचनरुप नगरपालिकाले एक दिनका लागि बिदा दिएपछि कोशी स्नान र मेलामा झनै रौनकता बढेको स्थानियहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ