News Category 2076/09/26
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन
राजविराज÷क्यान्सरदेखी विभिन्न रोगको परिक्षण गर्न राजविराजमै डाईग्नोस्टिक सेन्टर संचालनमा आएको छ ।
करिब ६० लाखको लागतमा अत्याधुनिक प्रविधिसहितको डाईग्नोस्टिक सेन्टर संचालनमा आएपछि क्यान्सर लगायत अन्य जटिल रोगको पहिचान अब राजविराजमै सम्भव हुने भएको छ ।
राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका नागरिकले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने भएको छ ।
डाईग्नोस्टिक परिक्षणका कमजोरीका कारण विरामी र तीनका आफन्तले पाउने दुख, गुमाउने समय र रकमका राथै राम्रा डाक्टरहरु समेत बदनाम हुने समस्यालाई निराकरण गर्न यति ठूलो लगानिमा सिटि सन्राईज डाईग्नोस्टिक सेन्टर प्रालि संचालनमा ल्याईएको सेन्टरका ईनचार्ज विरेन्द्र कुमार दासले जानकारी दिएका छन् ।
चार दिन अघि मात्र स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा स्तन क्यान्सर पीडित सप्तरीको विष्णुपुर गाउँपालिका ३ कि दुखनी देवी खंगको सफल शल्यक्रिया गरिएको थियो । ती महिलालाई क्यान्सर लागेको कुरा यसै सेन्टरबाट परिक्षण गर्दा पत्ता लागेको थियो ।
फुलि एटोमेटिक ईलोक्ट्रोलाईट एनलाईजर, एटोमेटिक सिविसि एनलाईजर, प्रोटोन एनलाईजर वायोकेमेस्टिक एनलाईजर, एफएनसि प्रविधि तथा डिजिटल एक्सरे लगायतका उपकरण र मेसिनका माध्यमले जटिल देखि सामान्य प्रकृतिका रोग पत्ता लगाउने गरिएको उनको भनाई छ ।
राजविराजबाट प्रदान गरिने यो सेवा संचालनका लागि प्रयोगमा ल्याईएको यस्ता उपकरण, मेसिन र प्रविधि सप्तरी र सिराहामै पहिलो भएको उनको दावि छ । सेन्टरमा चर्चित कल्सन्डेन्ट प्याथोलोजिस्ट डा प्रवेश चौधरीले स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले बताए ।
सेन्टरमा क्यान्सरका सम्पूर्ण जाँचका साथै ग्ल्यान्डटिवि, थाईराईड, ईएसआर, युरिनआरई, सेमेनएनालाईसिस, एलर्जि स्किन, एचविएआईसि फरडाईवेटर, मोनिटरिङ लगायत सबै प्रकारका रोगको परिक्षण हुने सेन्टरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ