News Category 2076/09/27
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए
दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
सप्तरी जिल्लाको राजगढ गाउँपालिका ३ निवासी ४५ वर्षिय कुखुरा व्यवसायी सूर्यनारायण मण्डलको शव वेपत्ता भएको १६ दिनपछि शनिबार भेटिएको छ ।
कुखुरा फार्ममै बस्दै आएका मण्डल पुस ११ गते ग्राहकबाट उधारो रकम उठाउन ताकेदामा हिडेका थिए तर, धेरै दिन वित्तिसक्दा पनि उनी नफर्केपछि आफन्तले प्रहरीमा जानकारी गराएका थिए ।
आफन्तबाट प्रहरीमा परेको हुलिया विवरण सहितको उजुरीको आधारमा उनको खोज तलास कार्य भईरहेकै बेला शनिबार साँझ मृत शरीर उनले संचालन गर्दै आएको कुखुरा फर्म भन्दा २ सय मिटरको दुरीमा रहेको रतनसागर पोखरी किनारमा फेला परेको डिएपी तिलक भारतीले जानकारी दिएका छन् ।
मृतकको शव आईतबार पोष्टमार्टमका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यता पोष्टमार्टम रिपोर्ट आएपछि सत्य, तथ्य, यथार्थ बाहिर आउने डिएसपी भारतीले जानकारी दिए ।
यता स्थानियका अनुसार घरायसी विवादका लागी मण्डलकी पत्नी विगत १५ वर्ष देखि माइतमै बस्दै आएकी छिन् । मण्डल भने कुखुरा फर्ममै बस्दै आएका थिए । मृतक मण्डलका भाइ शिव नारायणले दाजु सूर्य नारायणको मृत्यु बारे सुक्ष्म अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ