News Category 2076/09/28
सप्तरी र सिरहामा १३ सय गाँजाका बोटहरु नष्ट
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
प्रहरीले समुदायिक प्रहरी साझेदारीको अवधरणा अनुरुप लागु पदार्थ बिरुद्ध चलाउँदै आएको अभियान अन्तरगत सोमबार गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ ।
सप्तरीको महादेवा गाउँपालिका ६ स्थित स्थानियहरुको घरमा अवैध रुपमा लगाइएको ८ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलिले विभिन्न व्यक्तिको घर आँगनमा लगाएको अवैध ती गाँजाका बोटहरु स्थानियको रोहबरमा आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सिरहाको गोलबजार नगरपालिका १ बैरीबानबाट प्रहरीले अवैध रुपमा झण्डै ५ सय गाँजाको बोटहरु फडान गरि नष्ट गरेको छ ।
प्रहरी चौकी मुक्सार सिरहाबाट खटिएको प्रहरी टोलीले स्थानियहरुले खेतवारीमा रोपेका ती गाँजाका बोटहरु फडान गरि वडाअध्यक्ष देव बहादुर मगर, स्थानिय भद्रभलादमीहरु बुद्दिजिवीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ