News Category 2076/09/28
एउटै नगरपालिकाका दश फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरी प्रहरीले एकै दिन एउटै नगरपालिकाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
यसअघि एकै दिन १७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफलता प्राप्त गरेको प्रहरीले फेरी एकै दिन १० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान थालेपछि सो सफलता प्राप्त गरेको हो ।
तीन महिलासहित पक्राउ परेका सबै १० जना सप्तरीको खडक नगरपालिकाकै हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीका अनुसार पक्राउ पर्नेहरुमा कुटपट मुद्दाका सर्वाधिक ७ जना छन् । सो मुद्दाका पक्राउ पर्ने फरार प्रतिवादीहरुमा खडक नगरपालिकाका हरेराम साह, सशत्रुहन साह, अमिन मियाँ, जमिला खातुन, सदाय मियाँ, अनेसुन खातुन र सनाबुल मियाँ छन् ।
यस्तै सवारी ज्यान मुद्दाका इनरलाल साह, जालसाजि मुद्दाका इस्लाम मियाँ र गाली बेइजती मुद्दाका फरार प्रतिवादी घुरनीदेवी यादव पनि पक्राउ परेका छन् । उनीहरु पनि खडक नगरपालिकाकै बासिन्दा रहेको प्रहरी नायब उपरिक्षक भारतीले जानकारी दिए ।
आइतबार साँझ पक्राउ परेका उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतमा बुझाइएको डिएसपी भारतीले बताए । यो सँगै एक महिनाको अवधीमा विभिन्न अपराधका फरार अभियुक्त पक्राउ पर्नेको संख्या ५२ पुगेको छ ।
यता प्रहरी उपरिक्षक कृष्ण प्रसाइले अपराध नियन्त्रणका लागि चलाइएको अभियान उपलब्धीमूलक बन्दै गएको भन्दै यसमा सघाउन सबैसँग आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ