News Category 2076/09/28
एउटै नगरपालिकाका दश फरार प्रतिवादी पक्राउ
.jpg)
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरी प्रहरीले एकै दिन एउटै नगरपालिकाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
यसअघि एकै दिन १७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफलता प्राप्त गरेको प्रहरीले फेरी एकै दिन १० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान थालेपछि सो सफलता प्राप्त गरेको हो ।
तीन महिलासहित पक्राउ परेका सबै १० जना सप्तरीको खडक नगरपालिकाकै हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीका अनुसार पक्राउ पर्नेहरुमा कुटपट मुद्दाका सर्वाधिक ७ जना छन् । सो मुद्दाका पक्राउ पर्ने फरार प्रतिवादीहरुमा खडक नगरपालिकाका हरेराम साह, सशत्रुहन साह, अमिन मियाँ, जमिला खातुन, सदाय मियाँ, अनेसुन खातुन र सनाबुल मियाँ छन् ।
यस्तै सवारी ज्यान मुद्दाका इनरलाल साह, जालसाजि मुद्दाका इस्लाम मियाँ र गाली बेइजती मुद्दाका फरार प्रतिवादी घुरनीदेवी यादव पनि पक्राउ परेका छन् । उनीहरु पनि खडक नगरपालिकाकै बासिन्दा रहेको प्रहरी नायब उपरिक्षक भारतीले जानकारी दिए ।
आइतबार साँझ पक्राउ परेका उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतमा बुझाइएको डिएसपी भारतीले बताए । यो सँगै एक महिनाको अवधीमा विभिन्न अपराधका फरार अभियुक्त पक्राउ पर्नेको संख्या ५२ पुगेको छ ।
यता प्रहरी उपरिक्षक कृष्ण प्रसाइले अपराध नियन्त्रणका लागि चलाइएको अभियान उपलब्धीमूलक बन्दै गएको भन्दै यसमा सघाउन सबैसँग आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ