News Category 2076/09/29
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
ह्दयघात भई असमायिक निधन भएका राजविराज २ तेतरी गाछी टोल निवासी दिपक जोशीको स्मृति एवं सम्मानमा मंगलबार उनका सहपाठीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय प्राङ्कणमा मंगलबार २०४० सालका एसएलसी समूहका सहपाठीहरुले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिइएको हो ।
५२ वर्षिय जोशीको पुस ११ गते काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । परिवारजनले ह्दयघातका कारण उनको मृत्यु भएको बताएका छन् । पेशाले कम्प्युटर इन्जिनियर रहेका उनको निधनले मर्माहत भएको उनका सहपाठी दिनेश सिंहले बताए ।
स्व. जोशीको तस्बिरमा फुलमाला अर्पण पश्चात् सुरु भएको श्रद्धाञ्जली सभामा दिनेश सिंह, उमेश प्रसाद साह, आशा परियारलगायतले बोल्दै अत्यन्त सरल र राम्रा मित्र गुमाएको र यसले ठूलो क्षति भएको बताए । प्रअ अरुण झाले यसै विद्यालयमा पढेका जोशी सानै उमेरदेखी जेहेन्दार विद्यार्थी रहेको सुनाए ।
वक्ताहरुले मृतआत्माको चिरशान्ति तथा मृतकपरिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित आ–आफ्नो श्रद्धाञ्जली शब्द टुग्याएका थिए ।
श्रद्धाञ्जली सभा पश्चात् स्व. जोशीका सहपाठीहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल बितरण समेत गरेका थिए ।
सो श्रद्धाञ्जली सभाअघि सहपाठीहरुले तत्कालिन प्रधानाध्यापक स्व. रामचन्द्र झाको सालिकमा फुलमाला अबिर लगाएर श्रद्धासुमन समेत व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ