News Category 2076/10/01
तिलाठीमा तीन घर जलेर नष्ट
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा बुधबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।
वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक÷एक घर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।
आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब रु १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता आगलागी भने गाईगोठमा बालेको आगोबाट भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । यसैबीच आगलागी भएको ठाउँमा पीडितका लागि तत्काल राहत दिनका लागि चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ