News Category 2076/10/06
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने पार्टी हो ः सीके राउत
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
जनमत पार्टी अध्यक्ष डा. सीके राउतले मधेशवादी दल राजपा र समाजवादी पार्टी सत्तालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने पार्टी रहेको आरोप लगाएका छन् ।
सोमबार राजविराजमा जनतम पार्टी सप्तरीद्वारा आयोजित “बरिष्ठ नेतृत्व मण्डल अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम” मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष राउतले मधेशमा राजनीतिक चेतनाको अभावका कारण पैसाको चलखेल बढी हुने गरेको बताउँदै मधेशवादी पार्टीहरु सत्ताका लागि सरकारसँग गोप्य सम्झौता गर्ने गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई प्रवेश निषेध गर्न लगाएर सप्तरीको मलेठमा पाँच जना यूवालाई ज्यान गुमाउन बाध्य बनाएको मधेशवादी दल समाजवादी पार्टी तीनै ओली नेतृत्वको सरकारमा सहभागि हुनु र अहिले आएर राजपाले पनि राष्ट्रिय सभा निर्वाचनमा सोही पार्टीसँग सहमति गर्ने सहिद र मधेशी जनताको अपमान गरेको उनको भनाई थियो ।
उनले हिरा चिन्न नसकेका कारण मधेशमा काँग्रेस, कम्युनिष्ट र मधेशवादी दल गोबरलाई हिरा भनेर बेचेर हिड्ने गरेको समेत आरोप लगाए । उनले अर्को निर्वाचनमा आफ्नो पार्टी सशक्त रुपमा अगाडी आउने दाबी समेत गरे ।
सोही कार्यक्रममा आफ्नो पार्टीका कार्यकर्तालाई जनताको घर घरमा पुगेर आक्रमक रुपमा सदस्यता बितरण र संगठन निर्माण अभियानमा जुट्न निर्देशन दिँदै निर्वाचनको महत्व बारे पनि प्रशिक्षण दिन निर्देशन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ