News Category 2076/10/06
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने पार्टी हो ः सीके राउत
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
जनमत पार्टी अध्यक्ष डा. सीके राउतले मधेशवादी दल राजपा र समाजवादी पार्टी सत्तालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने पार्टी रहेको आरोप लगाएका छन् ।
सोमबार राजविराजमा जनतम पार्टी सप्तरीद्वारा आयोजित “बरिष्ठ नेतृत्व मण्डल अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम” मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष राउतले मधेशमा राजनीतिक चेतनाको अभावका कारण पैसाको चलखेल बढी हुने गरेको बताउँदै मधेशवादी पार्टीहरु सत्ताका लागि सरकारसँग गोप्य सम्झौता गर्ने गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई प्रवेश निषेध गर्न लगाएर सप्तरीको मलेठमा पाँच जना यूवालाई ज्यान गुमाउन बाध्य बनाएको मधेशवादी दल समाजवादी पार्टी तीनै ओली नेतृत्वको सरकारमा सहभागि हुनु र अहिले आएर राजपाले पनि राष्ट्रिय सभा निर्वाचनमा सोही पार्टीसँग सहमति गर्ने सहिद र मधेशी जनताको अपमान गरेको उनको भनाई थियो ।
उनले हिरा चिन्न नसकेका कारण मधेशमा काँग्रेस, कम्युनिष्ट र मधेशवादी दल गोबरलाई हिरा भनेर बेचेर हिड्ने गरेको समेत आरोप लगाए । उनले अर्को निर्वाचनमा आफ्नो पार्टी सशक्त रुपमा अगाडी आउने दाबी समेत गरे ।
सोही कार्यक्रममा आफ्नो पार्टीका कार्यकर्तालाई जनताको घर घरमा पुगेर आक्रमक रुपमा सदस्यता बितरण र संगठन निर्माण अभियानमा जुट्न निर्देशन दिँदै निर्वाचनको महत्व बारे पनि प्रशिक्षण दिन निर्देशन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ