News Category 2076/10/07
एक सातामा दुई वडा अध्यक्षको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
एक साता भित्र सप्तरीको दुई स्थानिय तहका दुई वडा अध्यक्षको मृत्यु भएको छ ।
गत मंगलबार सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन भएको एक साता पुरा भए लगत्तै मंगलबारै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का वडा अध्यक्ष सुशिल कुमार चौधरीको मृत्यु भएको छ ।
५४ वर्षिय वडा अध्यक्ष कार्कीको ह्दयघातका कारण निधन भएको थियो भने ३४ वर्षिय चौधरीको दुर्घटनामा परी ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोल सडक खण्डमा वडा अध्यक्ष चौधरी आफैले चलाएको को.३६प. ५३०६ नम्बरको मोटरसाइकल सोमबार राती १० बजेतिर दुर्घटनामा परेको थियो ।
टाउँकोमा गम्भिर चोट लागेका उनलाई तत्कालै प्रहरीले उद्दार गरि कंचनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा पु¥याएको थियो । तर अवस्थामा सुधार नभएपछि मंगलबार बिहानै राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा ल्याउँदा गर्दा बाटोमै उनको मृत्यु भएको अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्ष परशुराम चँैधरीले जानकारी दिएका छन् ।
चौधरी गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ