News Category 2076/10/08
फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सवल नेपालले साधारण सभाको फजुल खर्च बचाएर जम्मा भएको रकमबाट दुर्घटना न्युनिकरणका लागि प्रहरीले चलाएको अभियानलाई सहयोग गर्ने उद्देश्यले ३ सय थान फ्रोसेन्ट ज्याकेट प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित फ्रोसेन्ट ज्याकेट वितरण तथा प्रसंशा पत्र वितरण कार्यक्रममा सवल नेपालका कार्यकारी निर्देशक दिपक झाले सो सामग्री हस्तान्तरण गरेका हुन ।
सवल नेपालका कार्यकारी निर्देशक झाले दुर्घटना न्युनिकरणका लागि प्रहरीले चलाएको सचेतना अभियानमा थोरै भएपनि सहयोग गरेको बताउँदै संस्थाको हालै सम्पन्न १४ औं साधारण सभामा कुनै तामझाम नगरी बचाएको रकम करिब ८० हजार रुपैयाबाट सो सामग्री खरिद गरेको जानकारी दिए ।
रातीको समयमा सडक डियुटीका बेला प्रहरीले उक्त ज्याकेट प्रयोग गर्दा टल्किने र टाँढैबाट चालकले थाहा पाई सचेत हुने र गति नियन्त्रण गर्ने हुँदा दुर्घटनाको जोखिम पनि कम हुने कार्यकारी निर्देशक झाले विश्वास व्यक्त गरे ।
प्रहरी उपरिक्षक कृष्ण प्रसाईले उपलब्ध स्रोत साधानबाट प्रहरीले ठुलो क्षेत्रमा सुरक्षा र निगरानी गर्न समस्या भई रहेका बेला सवल नेपालले गरेको सहयोग सराहनिय रहेको बताउँदै प्राप्त सहयोग तत्कालै मातहतका सवै प्रहरी युनिटमा पठाईने जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी उपरिक्षक कृष्ण प्रसाईले संयुक्त रुपमा सो सामग्री ग्रहण गर्दै प्रहरीको दुर्घटना नियन्त्रण अभियानमा सघाएकोमा संस्था प्रति धन्यवाद र अभार व्यक्त गरे ।
सो अवसरमा लैङ्गिक हिंसा विरुद्घको राष्ट्रिय अभियान २०७६ लगायत नेपाल प्रहरीले संचालन गरेको हिंसा न्युनिकरण तथा अपराध रोकथामका विविध कार्यक्रममा सक्रिय सहभागिता र सहयोग गरेकोमा महिला मानव अधिकार रक्षा संजालकी अगुवा अनिता देवकोटा र मनु खनाललाई प्रहरी संगठनको तर्फबाट प्रसंशा पत्र प्रदान समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ