News Category 2076/10/09
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाको संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितीकी सदस्यको रुपमा ३६ वर्षिया रेखा देवी खत्वे पनि छिन् ।
उनी गत स्थानीय तहको निर्वाचनमा राजपाबाट उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित भएकी हुन ।
राजविराज नगरपालिका ९ मलेठ घर भएकी उनी दलित समुदायमै सो वडामा सर्वाधिक पढेलेखेकी महिला हुन् । एक छोरा र दुई छोरीकी आमा उनी सो वडामा दलित समुदायमै एक्ली आइएड पास हुन् । उनका पति किसान हुन ।
रेखा राजविराज नगरपालिकाको न्यायिक समितीमा पुगी उपप्रमुखसंगै दफा उपदफा केलाएर न्याय सम्पादन कार्यमा महत्वपुर्ण योगदान पु¥याइरहेकी छिन् ।
राजनीति र न्याय सम्पादन दुबैमा सक्रिय भएपछि विस्तारै खारिदै गएकी छिन उनी । नगर प्रमुख शम्भु प्रसाद यादव र उप्रमुख झा पनि उनको कामबाट खुशी छन् ।
संयोजक झाको कुशल नेतृत्वमा अधिकाँश मुद्दा मिलापत्र गरी टङ्गयाउन सफल भएको रेखाले बताईन । अधिकाँश मुद्दा घरायसी हुने गरेकोले मिलापत्रमा जोड दिदै कतिपय मुद्दामा कडा निर्देशन पनि दिने गरेको बताइन् ।
अदालतको न्याय लामो र महगो हुदै गएपछि नागरिकलाई स्थानीय तहको गठित न्यायिक समिती मार्फत निशूल्क र छिटो छरितो न्याय पाउन सहज भएको उनको ठम्याई छ । न्यायिक समिति गठन भए यता नगरपालिकाको न्यायिक इजलाशमा १ सय १४ मुद्धा दर्ता भए । जस मध्ये ५० प्रतिशत फच्र्याेट भइसकेको उनी बताउँछिन ।
यस्तै केही जटिल प्रकृतिका र अधिकार क्षेत्र बाहिरका मुद्धा अदालत पठाइएको छ भने बाँकी फच्र्याेट प्रकृयामा रहेको उनले बताइन । इजलाशमा सबभन्दा बढी जग्गा किचलो र महिला माथी हुने घरेलु हिंसाको मुृद्धा आउने गरेको छ । त्यस पछि घरायसी झगडा, शारिरीक यातना, सम्बन्ध विच्छेद, कुटपिट र लेनदेनका मुद्धा आउने गरेको उनी बताउछिन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा माइती भएकी उनले चरम आर्थिक अभावका वावजुद आमाबुवाले पढाउनु र पतिले पनि साथ दिदा आज यस्तो अवसर पाउन सफल भएको बताउछिन । उनले न्यायिक समितीमा पाएको जिम्मेवारीमा खरो उत्रिने गरी काम गरिरहेको र भविष्यमा यसले सकारात्मक परिणाम दिने विश्वास समेत ब्यक्त गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ