News Category 2076/10/09
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
आउँदो माघ १८ गते शनिवारदेखी राजविराजबाट बुद्ध एयरले नियमित उडान गर्ने सम्पूर्ण तयारी पुरा गरेको छ । बुद्ध एयरले साताको सातै दिन उडान भर्ने तयारी गरेको छ ।
राजविराजस्थित उधोग बाणिज्य संघ सप्तरीको सभाकक्षमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध एयरलाइन्स विमान कम्पनी राजविराजका स्टेशन इन्चार्ज अनिल राजबंशीले सो जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा स्टेशन इन्र्चाज राजवंशीले सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लक्षित गरेर थालिएको उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको जानकारी दिए ।
नियमित उडान सेवाले पर्यटन प्रर्वद्धनका साथै भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलन सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले बुद्ध एयरले साताको सातै दिन उडान सेवा संचालन गर्दा जिल्लाको विकासमा समेत सकारात्मक परिर्वतन ल्याउने भन्दै उडानको पहिलो दिन राजविराज विमानस्थलमा पाइलट तथा दलका अन्य सदस्य तथा बुद्ध एयरका संचालकहरुलाई उधोगी व्यवसायीहरुको तर्फबाट भब्य स्वागत गर्ने तयारी गरिएको जानकारी दिए ।
उनले नियमित उडानको खबरले सप्तरीवासी मात्र नभई छिमेकी, सुनसरी, सिरहा, उदयपुर र सिमावर्ती भारतीय क्षेत्रका यात्रु पनि उत्साहित भएको भन्दै यसले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि निकै टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
यसअघि श्री एयरलाईन्सले साताको तीन दिन उडान सेवा दिदै आएकोमा बुद्ध एयरले भने साताका सबै दिन एक÷एक वटा उडान गर्ने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ