News Category 2076/10/10
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
जन ज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार एक कार्यक्रमबीच पदस्थापना तथा सपथग्रहण गरेका छन् ।
संस्थाका जेष्ठ शेयर सदस्य हरेकृष्ण प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित संचालक समिति सदस्य तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक विष्णु पराजुलीले पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवक्ता रामकुमार यादव, आइडिएल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आस, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरुले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा दुई दर्जन बढी नयाँ व्यक्तिहरु संस्थाको शेयर सदस्य बनेका छन् । संस्थाले कृषि क्षेत्रलाई आधार मानी उत्पादनमूलक कार्य समेतमा लगानी गर्दै आएको छ । हाल संस्था औद्योगिकरणतर्फ उन्मूख भइरहेको कस्छ । संस्थाले चालु आ.ब.बाट चामल उत्पादन गर्ने उद्योग समेत संचालनमा ल्याएको छ ।
यसअघि पुस १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट विश्वनाथ मण्डलको नेतृत्वमा चार वर्षका लागि ७ सदस्यीय कार्य समिति चयन गरिएको छ भने बलराम यादवको नेतृत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ