News Category 2076/10/11
स्तरमापन परीक्षा नाममा चर्काे परीक्षा शुल्क नियमावलीमा नै नभएको टेस्ट परीक्षा लिईदै
चन्दनकुमार यादब
राजविराज÷सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयले सप्तरीमा विद्यार्थी सँग चर्को परीक्षा शुल्क उठाईएको छ ।
यतिबेला मुलुकका कतिपय जिल्लामा एसईई परीक्षाको पूर्व तयारीको नाममा टेस्ट परीक्षा सुरु भएको छ । सोही टेस्ट परीक्षाको नाममा संस्थागत निजी विद्यालयका छाता संगठनहरु प्याब्सन, एन प्याब्सन र नेपाल प्याब्सनले प्रति विद्यार्थी मुलुकभरिबाटै एक हजार रुपैयाँका दरले परीक्षा शुल्क उठाएको छ ।
जबकि यो परीक्षाको कुनै औचित्य नै छैन । टेस्ट परीक्षाको नतिजा अनुसार विद्यार्थीले एसईईमा सहभागी हुने वा नहुने भन्ने हुँदैन । तर, पनि खुलेआम सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयले सप्तरीमा विद्यार्थीसँग चर्को परीक्षा शुल्क उठाइरहेका छन् ।
यस सम्बन्धमा प्याबसनका जिल्ला अध्यक्ष देवानन्द चौधरीले केन्द्र कै निर्णय अनुसार स्तरमापन परीक्षा लिईरहेको र प्रति बिद्याथीबाट एक हजार रकम उठाएको बताए । केन्द्रकै निर्णय बमोजिम आफुहरुलाई संस्था जोगाउन अघि बढ्नुपर्ने बाध्यता रहेको अध्यक्ष चौधरी भनाई छ ।
निजी विद्यालयहरुकै छाता संगठनका पदाधिकारीले यसरी विद्यार्थी सँग परीक्षा शुल्क उठाउँने र सोही रकमबाट आफ्नो कोषमा पनि जम्मा गर्ने भन्नु पक्कै पनि न्यायोचित हैन ।
यता निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले कम शुल्क लिई एसईई टेस्ट परीक्षा लिने तयारी गरेका छन् । सामुदायिक विद्यालयले प्रति विद्यार्थी १ सय ८० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म परीक्षाको नाममा शुल्क उठाएका छन् ।
यता शिक्षक महासँघ सप्तरीका अध्यक्ष दिनेश यादबले बिद्यार्थीहरूको पढाई स्तरमापनको लागि स्तरमापन टेस्ट परीक्षा लिन लागेको बताए । शिक्षा नियमावली २०५९ को संशोधनले एसईईको पूर्व तयारी टेस्ट परीक्षा लिनुपर्ने व्यवस्था नै छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ