News Category 2076/10/14
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण

दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
राजविराज वडा नं. ९ मलेठका गरिब असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई सोमबार कम्बल प्रदान गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक राजविराज र जन ज्योति कृषि सहकारी संस्था मलेठको संयुक्त सहयोग तथा राजविराज वडा नं. ९ को सहकार्यमा १ सय ५० गरिब असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई सो कम्बल प्रदान गरिएको छ ।
आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारको घरदौलोमा पुगेर तथ्याङ्क संकलन गरि सूची तयार पारिएको वडा अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए । उनले सो तथ्याङ्कबाट १ सय ५० जनाको नाम अन्तिम सूचीमा राखेर चिसोबाट जोगिन कम्बल वितरण गरिएको बताए ।
राष्ट्रिय सहकारी बैंक राजविराजका संचालक एवं प्रदेश २ का संयोजक तथा संस्थाका अध्यक्ष समेत रहेका
स्विश्वनाथ मण्डलले संस्थाले सामाजिक कार्य समेत विगतमा गरेकोले सोही कामलाई यसपटक पनि निरन्तरता दिएको उल्लेख गरे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत प्रकृतिक प्रकोप अग्निीपीडित, बाढी पीडित तथा चिसो प्रभावित ब्यक्तिहरुलाई भविष्यमा समेत सहयोग गरिरहने बताए ।
त्यस्तै राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रमुख विष्णु पराजुलीले बैंक तथा सहकारी संस्थाले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चिसो पिडित गरिब, असहायलाई सानो सहयोग गरेको बताए ।
संस्थाका अध्यक्ष मण्डलको अध्यक्षता तथा वडाध्यक्ष यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पत्रकार अमरनाथ मण्डल, वडा सदस्य रेखा देवी खत्वे, जनज्योति कृषि सहकारी संस्था लि.का उपाध्यक्ष डम्बर नारायण यादव लगायतले पनि गरिब असहायलाई कम्बल वितरण गरेका थिए ।
यता न्यानो लुगाको अभावमा चिसोका कारण कष्टकर जिवन बिताईरहेका गरिब असहाय, असक्त र ज्येष्ठ नागरिकहरु कम्बल पाएपछि हर्षित देखिन्थे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ