News Category 2076/10/14
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
राजविराज वडा नं. ९ मलेठका गरिब असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई सोमबार कम्बल प्रदान गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक राजविराज र जन ज्योति कृषि सहकारी संस्था मलेठको संयुक्त सहयोग तथा राजविराज वडा नं. ९ को सहकार्यमा १ सय ५० गरिब असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई सो कम्बल प्रदान गरिएको छ ।
आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारको घरदौलोमा पुगेर तथ्याङ्क संकलन गरि सूची तयार पारिएको वडा अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए । उनले सो तथ्याङ्कबाट १ सय ५० जनाको नाम अन्तिम सूचीमा राखेर चिसोबाट जोगिन कम्बल वितरण गरिएको बताए ।
राष्ट्रिय सहकारी बैंक राजविराजका संचालक एवं प्रदेश २ का संयोजक तथा संस्थाका अध्यक्ष समेत रहेका
स्विश्वनाथ मण्डलले संस्थाले सामाजिक कार्य समेत विगतमा गरेकोले सोही कामलाई यसपटक पनि निरन्तरता दिएको उल्लेख गरे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत प्रकृतिक प्रकोप अग्निीपीडित, बाढी पीडित तथा चिसो प्रभावित ब्यक्तिहरुलाई भविष्यमा समेत सहयोग गरिरहने बताए ।
त्यस्तै राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रमुख विष्णु पराजुलीले बैंक तथा सहकारी संस्थाले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चिसो पिडित गरिब, असहायलाई सानो सहयोग गरेको बताए ।
संस्थाका अध्यक्ष मण्डलको अध्यक्षता तथा वडाध्यक्ष यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पत्रकार अमरनाथ मण्डल, वडा सदस्य रेखा देवी खत्वे, जनज्योति कृषि सहकारी संस्था लि.का उपाध्यक्ष डम्बर नारायण यादव लगायतले पनि गरिब असहायलाई कम्बल वितरण गरेका थिए ।
यता न्यानो लुगाको अभावमा चिसोका कारण कष्टकर जिवन बिताईरहेका गरिब असहाय, असक्त र ज्येष्ठ नागरिकहरु कम्बल पाएपछि हर्षित देखिन्थे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ