News Category 2076/10/14
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सरकारसँग ११ बुँदे सहमति गरेर झण्डै एघार महिनापछि पहिलो पटक आफ्नो गृह जिल्ला सप्तरीमा जनमत पार्टीले माघ १८ गते शक्ती प्रर्दशनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । स्वतन्त्र मधेश गठबन्धन मार्फत निर्वाचन वहिष्कार र अलग देशको माग गर्दै आएका सिके राउतले सरकारसँग गत २४ फागुणमा ११ बुंदे सहमती गरेपछि पहिलो पटक गृहजिल्लामा आमसभा गर्न लागेका हो ।
शक्ती प्रर्दशनसहित विशाल आमसभाको तयारी बारे मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतको गृह जिल्ला समेत रहेको सप्तरीमा ठुलो संख्यामा जनता आउने दावी गरिएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेतृत्व मण्डलका सदस्य एवं पुर्व मन्त्री अनिस अन्सारीले शक्ती प्रर्दशन र आमसभामा ५० हजार भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी हुने दावी समेत गरे ।
उनले आमसभा सफल बनाउन गाउँ गाउँमा प्रचार प्रसार र जिल्लाका १८ वटै स्थानीय तहमा गठित समितीले काम गरिरहेको बताए । उनले आससभा सफल बनाउन गाउँ गाउँमा मोटरसाईकल ¥याली मार्फत समेत प्रचारात्मक अभियान चलाइएको जानकारी दिए ।
पार्टीका जिल्ला संयोजक चन्देश्वर मण्डल “किसान” ले आमसभामा सहभागी हुन हजारौ जनता आउने भएकोले आमसभा स्थल राजविराजस्थित राजरंगशालाको खेल मैदानमा तोकिएको जानकारी दिए ।
आमसभालाई डा.राउतका साथै पार्टीका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने र अन्य सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ