News Category 2076/10/15
चोरीका सामानसहित तीन चोर पक्राउ
.jpg)
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
प्रहरीले दुई घरमा चोरी गर्ने एकै वडाका तीन जनालाई मंगलबार पक्राउ गरेको छ ।
चोरीका सामानसहित मंगलबार पक्राउ परेका तिनै जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. ६ निवासी २१ वर्षिय अफताब अनसारी, २० वर्षिय नविनकुमार दास र २२ वर्षिय अजेल अन्सारी छन् ।
उनीहरुको साथबाट गत शनिबार राजविराज नगरपालिका ६ बस्ने विद्या साहको घरबाट चोरी गरिएका नगद ४ हजार र सुनका गहना तथा राजविराज ८ निवासी राजेश साहको चोरी भएको मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा कोही नभएको बेला उनीहरुले विद्या साहको घरको ढोका फुटाएर नगद र सुनका गहना चोरेर लगेका थिए । यस्तै राजेश साहको पनि महँगो मोबाइल उनीहरुले नै चोरी गरेको अनुसन्धानको क्रममा खुलेको र सबै सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपगरि प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ