News Category 2076/10/15
काँग्रेसका पुराना नेता बिराजीको उपचारका क्रममा निधन

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
नेपाली काँग्रेसका पुराना नेता सरोज बिराजीको ६५ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
लामो समयदेखी उच्च रक्तचापले पीडित बिराजीको उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
काँग्रेसको चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिँदै बुधबारै अन्त्येष्टि गरिएको नेपाली काँग्रेस सप्तरीका जिल्ला सभापति दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी उनी पटक पटक महाधिवेशन प्रतिनिधि हुँदै हाल जिल्ला कार्यसमितिको सदस्य पदमा जिम्मेवारी बहन गर्दै आएका थिए ।
बि.स. २०३६ सालदेखी नै सक्रिय राजनीतिमा रहेका उनी पंचायतकालमा पटक पटक गरि एक दर्जन भन्दा बढी पल्ट जेल जिवन समेत भोगेका थिए ।
यसैबीच नेपाली काँग्रेस सप्तरीको बसेको आकस्मिक बैठकले बिराजीको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूर्णिय क्षति भएको भन्दै तीन दिनसम्म चारतारे झण्डा झुकाउने निर्णय गरेको छ ।
सोही बैठकले पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामनासहित पार्टी कार्यालयमा स्व. बिराजीको तस्बिर र शोकपुस्तिका राखेर श्रद्धाञ्जली अर्पण कार्यक्रम तीन दिनसम्म गर्ने निर्णय समेत गरेको काँग्रेसले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ