News Category 2076/10/15
काँग्रेसका पुराना नेता बिराजीको उपचारका क्रममा निधन
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
नेपाली काँग्रेसका पुराना नेता सरोज बिराजीको ६५ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
लामो समयदेखी उच्च रक्तचापले पीडित बिराजीको उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
काँग्रेसको चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिँदै बुधबारै अन्त्येष्टि गरिएको नेपाली काँग्रेस सप्तरीका जिल्ला सभापति दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी उनी पटक पटक महाधिवेशन प्रतिनिधि हुँदै हाल जिल्ला कार्यसमितिको सदस्य पदमा जिम्मेवारी बहन गर्दै आएका थिए ।
बि.स. २०३६ सालदेखी नै सक्रिय राजनीतिमा रहेका उनी पंचायतकालमा पटक पटक गरि एक दर्जन भन्दा बढी पल्ट जेल जिवन समेत भोगेका थिए ।
यसैबीच नेपाली काँग्रेस सप्तरीको बसेको आकस्मिक बैठकले बिराजीको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूर्णिय क्षति भएको भन्दै तीन दिनसम्म चारतारे झण्डा झुकाउने निर्णय गरेको छ ।
सोही बैठकले पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामनासहित पार्टी कार्यालयमा स्व. बिराजीको तस्बिर र शोकपुस्तिका राखेर श्रद्धाञ्जली अर्पण कार्यक्रम तीन दिनसम्म गर्ने निर्णय समेत गरेको काँग्रेसले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ