News Category 2076/10/17
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
राजविराज जेसीज २०२० ले ‘श्रीपञ्चमी’ पर्व र बिहीबार नै परेको सहिद दिवसको दिन पारेर आफ्नो कार्यकालको कार्य आरम्भ गरेको छ ।
राजविराज जेसीजले साँझ सहिद दशन चोकमा सहिदको सम्झनामा दिप प्रज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
यसअघि जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा रुपनी गाउँपालिका २ स्थित जेसीज बिद्यालय पौवा पुगेको राजविराज जेसीजको टोलीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्नुका साथै प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यालयमा अध्ययनरत बाल विकासका ५६ विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले नयाँ योजना बनाउन अन्तरक्रिया केन्द्रीत रहेको कार्यकारिणी उपाध्यक्ष विप्लव आनन्दले बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक राजकुमार सुनरैतसहित शिक्षक र स्थानीयवासी, राजविराज जेसीजका अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, उपाध्यक्षहरु, मनोनित पदाधिकारीहरु, साधारण सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभावकारी ढङ्गले विद्यालयको समुचित व्यवस्थापनका विषयमा समेत जेसीज पदाधिकारीहरु र विद्यालयका शिक्षक–महिला शिक्षकबीच छलफल भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ