News Category 2076/10/17
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने

दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा सहभागि वक्ताहरुले नेपालको विकासमा भारतको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
नेपाल भारत मैत्री यूवा संघ र यूवा शसक्तिकरण संघ नेपाल सप्तरीको आयोजनामा आयोजित नेपालको बिकासमा भारतीय योगदान बिषय अन्तरक्रियामा सो कुरा बताएका हुन् ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा वक्ताहरुले दशकौंदेखी नेपालको विकासमा भारत सरकारले गरिरहेको सहयोगलाई बिर्सन नहुने बताए । भारतीय सहयोगका कारण मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको जिकिर समेत गरे ।
संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंहलाई सम्मान समेत गरिएको थियो ।
सो कार्यक्रममा राजपा नेपालका सहमहामन्त्री जय प्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब, बरिष्ठ अधिबक्ता हिमत सिंह, विभिन्न स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ