News Category 2076/10/17
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा सहभागि वक्ताहरुले नेपालको विकासमा भारतको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
नेपाल भारत मैत्री यूवा संघ र यूवा शसक्तिकरण संघ नेपाल सप्तरीको आयोजनामा आयोजित नेपालको बिकासमा भारतीय योगदान बिषय अन्तरक्रियामा सो कुरा बताएका हुन् ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा वक्ताहरुले दशकौंदेखी नेपालको विकासमा भारत सरकारले गरिरहेको सहयोगलाई बिर्सन नहुने बताए । भारतीय सहयोगका कारण मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको जिकिर समेत गरे ।
संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंहलाई सम्मान समेत गरिएको थियो ।
सो कार्यक्रममा राजपा नेपालका सहमहामन्त्री जय प्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब, बरिष्ठ अधिबक्ता हिमत सिंह, विभिन्न स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ