News Category 2076/10/17
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख
दैनिक समाचारदाता
जनकपुरधाम, १७ माघ ।
बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमाको रकम प्रदेश २ सरकारले एक लाखबाट बढाएर तीन लाखमा बृद्धि गरेको छ ।
प्रदेश सरकारले २०७५ माघ १ देखी जन्मेकी छोरीहरुको १ लाखको शिक्षा विमालाई निरन्तरता दिँदै शुक्रबार सो रकमलाई तीन लाख पु¥याएको जानकारी दिएको छ । हाल छोरीहरुको शिक्षा बिमा प्रदेश २ को आठै जिल्लाका विभिन्न स्थानिय तहमार्फत भइरहेको छ ।
छोरी शिक्षा विमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरिसकेको छ र विमा गराइसकेका छोरीहरुले समेत थपिएको सुविधा पाउने भएका छन् ।
प्रदेश २ सरकारले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि छोरीहरुको शिक्षा बिमा तीन लाख पु¥याएको जानकारी दिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव ३ लाख पाउने घोषणा गर्नु गरे ।
सोही पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले अभियानलाई स्थानीय सरकारले सहयोग गरे हालको रकमलाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य लिएको बताए ।
यस्तै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने योजना रहेको र चालु आ.ब. देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत दिए ।
जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको उनले जानकारी समेत दिए ।
शुक्रबार सम्पन्न मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गर्दै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ