News Category 2076/10/18
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
राजविराज÷राजविराज विमानस्थलबाट शनिबारदेखी बुद्ध एयरले साताको सातै दिन नियमित उडान सेवा सुरु गरेको छ । यसअघि सो विमानस्थलबाट श्री एयरलाइन्सले विमान सेवा सुरु गरेको थियो ।
झण्डै ६ दशकदेखी राजविराज विमानस्थलबाट पटक पटक उडान सेवा सूचारु र बन्द भएपछि गत वर्ष २०७६ असार १० गतेदेखी विमान सेवा नियमित रुपमा संचालन भइरहेको छ ।
उडान सेवालाई अझ प्रभावकारी र प्रतिष्पर्धी बनाउने उद्देश्यले बुद्घ एयरले पनि राजविराजमा उडान सेवा सुरु गरेको हो ।
यता शनिबार पहिलो पटक बुद्ध एयर विमानस्थलमा अवतरण गरेपछि सम्पूर्ण यात्रु, विमानका चालक दलका सदस्यहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले माला लगाएर स्वागत गरेका थिए ।
बुद्ध एयरका स्टेशन इन्र्चाज अनिल राजवंशीले ७२ सिट भएको बुद्घ एयरको विमान दैनिक उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्णधारण गरिएको जानकारी दिएका छन् । सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लिएर विमानले उडान गर्ने लक्ष्य राखेको उनले बताए ।
यसअघि श्री एयरलायइन्सले हप्ताको पाँच दिनसम्म विमान उडान गर्दै आइरहँदा ६ महिनादेखी हप्ताको तीन दिन मात्र उडान भरिरहेको छ । श्रीले कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन मात्र उडान सेवा दिदै आएको छ । त्यसमा पनि विभिन्न कारण देखाई श्रीएयरलाईन्सले पटक–पटक उडान रद्द गर्दा निरास बनेका स्थानियबासी बुद्घ एयरले सातैदिन उडान सेवा दिने भएपछि उत्साहित भएका छन् । वि.स. २०१६ सालमा तत्कालिन मन्त्री गणेशमानसिंहद्वारा उद्घाटन भएको राजविराज विमान स्थल कच्ची धावनमार्गका कारण पटक–पटक संचालनमा आउने र बन्द हुने नियती भोग्दै आएको थियो । तर पच्छिलो पटक कच्ची तथा अन्य भौतिक पुर्वाधार निर्माण सम्पन्न भएपछि गत २०७५ साल अषाढ १० गते देखि श्री एयरलाईन्सले उडान सेवा सुरु गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ