News Category 2076/10/19
आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुख कक्षमा तालाबन्दी

दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको छ ।
विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन् ।
उनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले पुस २७ गते गरेको विज्ञापन रद्द गर्न माँग समेत गरे । अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।
आन्दोलनका कार्यक्रम अनुसारनै माघ १० गते क्याम्पस प्रमुखलाई जानकारी पत्र बुझाएको र माघ १९ गते क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको उनले जानकारी दिँदै माघ २० गतेदेखी कक्षा बहिष्कार र २३ गते धर्ना कार्यक्रम गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ