News Category 2076/10/19
आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुख कक्षमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको छ ।
विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन् ।
उनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले पुस २७ गते गरेको विज्ञापन रद्द गर्न माँग समेत गरे । अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।
आन्दोलनका कार्यक्रम अनुसारनै माघ १० गते क्याम्पस प्रमुखलाई जानकारी पत्र बुझाएको र माघ १९ गते क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको उनले जानकारी दिँदै माघ २० गतेदेखी कक्षा बहिष्कार र २३ गते धर्ना कार्यक्रम गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ