News Category 2076/10/20
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेको जंगली हात्तिको आंतकले सप्तरीको पूर्वी भेगका जनता त्रासमा रहेका छन् । हात्तिको समूहले शनिबार, आइतबार र सोमबार सो भेगमा लाखौंका धनमालको क्षति गरेको छ ।
पछिल्लो पटक सोमबार बिहान सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरका श्याम यादव र मुक्तिलाल यादवको घरमा रहेको धान, चिउरा, गहु, चामललगायतका अन्नहरु जंगली हात्तिले नष्ट गरेको छ । जंगली हात्तिले उनीहरुको धान ८ मन, चिउरा ५० किलो, चामल १०० किलो, गँहु ३ मन गरि २५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबार राति र आईतबार बिहान आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नं. १२ का जगत बहादुर केसीको घर तथा पूर्व मन्त्री समेत रहेका हेमराज तातेडको खेतमा लगाइएको अन्नपातमा क्षति पु¥याएको छ ।
चार÷पाँच वटा आएको हात्तिको समूहले कंचनरुप नगरपालिका वडा नम्बर १२ कलौनी बस्ने ७५ बर्षीय जगत बहादुर केसीको आँगनमा लगाइएको बार भत्काएर ५० हजार बराबरको क्षति गरेको छ । हात्तीले उनको आँगनमा राखिएको ५० मन धान, एक मन मकै खाएका छन् ।
त्यस्तै हात्तीको समूहले शनिबार राति पूर्व मन्त्री तातेड्ले कंचनरुप नगरपालिका वडा नम्बर १२ धरमपुरस्थित खेतमा लगाएको आलुबाली, गहुबालिमा हात्तिले क्षती पु¥याएको छ भने बिभिन्न बाली खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगत एक दशकदेखी जिल्लाको पूर्वी भेगका जनता हात्ति आंतकबाट निकै त्रसित भइरहेका छन् । खासगरी रातिको समयमा आउने हात्तीको समूहले घर भत्काइदिने, अन्नबाली नष्ट गर्नेदेखि व्यक्तिमाथि आक्रमण समेत गर्दै आएका छन् ।
जिल्लाको कंचनरुपसहित सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासावरण, रुपनी गाउँपालिका, खडक गाउँपालिका र हनुमाननगर कंकालनी नगरपालिकाको पूर्वी भेगमा हात्तीले आंतक को मच्याउँदै आएको छ ।
यता हात्ती आतंक बढेपछि त्यस क्षेत्रका बासिन्दाहरु रातीको समयमा जाग्रम समेत बस्दै बाध्य भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ