News Category 2076/10/20
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेको जंगली हात्तिको आंतकले सप्तरीको पूर्वी भेगका जनता त्रासमा रहेका छन् । हात्तिको समूहले शनिबार, आइतबार र सोमबार सो भेगमा लाखौंका धनमालको क्षति गरेको छ ।
पछिल्लो पटक सोमबार बिहान सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरका श्याम यादव र मुक्तिलाल यादवको घरमा रहेको धान, चिउरा, गहु, चामललगायतका अन्नहरु जंगली हात्तिले नष्ट गरेको छ । जंगली हात्तिले उनीहरुको धान ८ मन, चिउरा ५० किलो, चामल १०० किलो, गँहु ३ मन गरि २५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबार राति र आईतबार बिहान आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नं. १२ का जगत बहादुर केसीको घर तथा पूर्व मन्त्री समेत रहेका हेमराज तातेडको खेतमा लगाइएको अन्नपातमा क्षति पु¥याएको छ ।
चार÷पाँच वटा आएको हात्तिको समूहले कंचनरुप नगरपालिका वडा नम्बर १२ कलौनी बस्ने ७५ बर्षीय जगत बहादुर केसीको आँगनमा लगाइएको बार भत्काएर ५० हजार बराबरको क्षति गरेको छ । हात्तीले उनको आँगनमा राखिएको ५० मन धान, एक मन मकै खाएका छन् ।
त्यस्तै हात्तीको समूहले शनिबार राति पूर्व मन्त्री तातेड्ले कंचनरुप नगरपालिका वडा नम्बर १२ धरमपुरस्थित खेतमा लगाएको आलुबाली, गहुबालिमा हात्तिले क्षती पु¥याएको छ भने बिभिन्न बाली खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगत एक दशकदेखी जिल्लाको पूर्वी भेगका जनता हात्ति आंतकबाट निकै त्रसित भइरहेका छन् । खासगरी रातिको समयमा आउने हात्तीको समूहले घर भत्काइदिने, अन्नबाली नष्ट गर्नेदेखि व्यक्तिमाथि आक्रमण समेत गर्दै आएका छन् ।
जिल्लाको कंचनरुपसहित सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासावरण, रुपनी गाउँपालिका, खडक गाउँपालिका र हनुमाननगर कंकालनी नगरपालिकाको पूर्वी भेगमा हात्तीले आंतक को मच्याउँदै आएको छ ।
यता हात्ती आतंक बढेपछि त्यस क्षेत्रका बासिन्दाहरु रातीको समयमा जाग्रम समेत बस्दै बाध्य भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ