News Category 2076/10/22
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको महादेवा गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई नेकपाका कार्यकर्ताहरुले कार्यवाहीका लागी ज्ञापन पत्र बुझाएका छन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई ज्ञापन पत्र बुझाईएको हो ।
गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले गाउँपालिकाको न्यायिक समिति बनाउँदा समावेशी नबनाएको, महादेवा गापा वडा नं. ४ का वडा सचिव, वडा नं. ६ का वडा सचिवले सवारी साधन दुरुपयोग गरेको भन्दै कार्यवाहीको लागी ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी आ.व. २०७३÷०७४ गाविसका बाँकी रहेको रकम कुन शीर्षकमा खर्च गरेको हर हिसाव सार्वजनिक गर्नुपर्ने, आ.व. ०७४÷०७५ र ०७५÷०७६ अडिट रिपोर्ट र मलेप सार्वजनिक गर्नुपर्ने माँग गरिएको छ ।
त्यस्तै आ.व. २०७४÷०७५ र ०७५÷०७६ को सामाजिक सुरक्षा भत्ताको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सवारी साधनको संख्या खरिद विवरण रेकर्ड प्रतिवेदन, गा.पा. अन्तर्गत करार कर्मचारीहरुको संख्या नाम सहित विवरण सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
गैर सरकारी संघ संस्थाहरुले गा.पा.मा गरेको कामको सम्पूर्ण रेकर्ड प्रतिवेदन, सार्वजनिक पोखरीहरुको संख्या सहित राजस्व सहित जम्मा रेकर्ड प्रतिवेदन माँग गरिएको छ । नेपालको संविधानमा प्रत्येक नागरिकले सूचना पाउनुपर्ने नियमलाई गा.पा.मा ठाडो उलंघन भईरहेकोले त्यस प्रति सम्बन्धित निकायको ध्यान पुर्याउनु पर्ने बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई नेकपाका नेता बासुदेव यादव, दिपेन्द्र माझी, राजाराम यादव, देवराम यादव, रामनारायण सरदार र मो. डोमनले ११ बुदे ज्ञापन पत्र बुझाएका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ