News Category 2076/10/23
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
प्रदेश २ मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई सौन्दर्यीकरण गरिने भएको छ । प्रदेश सरकारको लगानीमा १५ महिनाभित्रै मन्दिरको सौन्दर्यीकरण गरिने भएको हो ।
सोही अभियान अन्तर्गत गरिने सौन्दर्यीकरणको बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा सिलान्यास समेत गरे ।
मुलुककै प्रशिद्ध छिन्नमस्ता मन्दिरमा प्रदेश सरकारले सौन्दर्यीकरणका लागि कुल ६ करोड ३० लाखको रकम बिनियोजन गरेको छ । जसमा मन्दिर प्राङ्गणमा रहेको पोखरीको सौन्दर्यीकरण, मन्दिरभित्र धर्मशाला तथा शौचालय निर्माण तथा विजुलीबत्तीको व्यवस्था गरिने भएको छ ।
सौन्दर्यीकरणको शिलान्यास गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेका युवाहरु कुलतमा फँस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आमाबुवालाई सम्मान गर्न युवाहरुलाई सुझाव समेत दिए ।
‘ज्युदो छँदा आमाबुवाप्रति केही नगर्ने, अनि मृत्यु भएपछि ठूला–ठूला सभाभोज गर्ने काम बन्द गर्नुपर्छ’ उनले आमाबाबुको मृत्यु पश्चात् गरिने सभाभोजको रकमले उनीहरुकै सम्झनामा शिक्षा, स्वास्थ्य अथवा अन्य सामाज विकासको काममा रकम सदुपयोग गर्न सुझाव समेत दिए ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सखडेश्वरी भगवती मन्दिर प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै यसको उत्थानका लागि प्रदेश सरकार सकृय रहने बताए । सौन्दर्यीकरणका लागि प्रदेश सरकारले अभियान अन्तरगत ८ वटै जिल्लामा एक÷एक वटा कार्यका लागि बजेट छुट्टयाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ