News Category 2076/10/28
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
समाजिक विकास मंन्त्री नवलकिसोर साहले प्रदेश २ का शिक्षाको विकास तथा गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
उनले भने मधेश शिक्षामा धेरै पछाडी परेकोले शिक्षाको बिकास, गुणस्तरीयता र सुधारका लागि शिक्षक, अभिभावकहरूले जिम्मेवार भएर कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो । चाँडौ भन्दा चाडौ प्रदेशको विभिन्न जिल्लामा सम्पुुर्ण ब्यबस्था सहित शिक्षा तालिम केन्द्रको स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
अहिले प्रदेश सरकारले ट्रान्जेक्सन पिरियडमा काम गरिरहेकोले सरकारको ऐनकानुन र अधिकार बन्ने पिरियडमा रहेकोले छिट्टै समस्याहरूको सामाधान हुने बताउनुभयो । अर्काका छोरा÷छोरीलाई आफ्नो छोरा÷छोरी सरह पठाउनु भयो भने पक्कै तपाईको छोरासरह अरूको छोरा÷छोरीले सफलता हासिल गर्ने छ, ।
आठ वटै जिल्लाको लागि तत्काल शिक्षा तालिम केन्द्र बारालाई जिम्मेवारी दिएपनि छिट्टै अन्य जिल्लामा पनि बिस्तार गर्ने बताउनु भएको छ । मन्त्री साहले हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलिकरणको लागि राजबिराजमा १० दिने शिक्षकको पेशागत बिकास प्रमाणिकरण तालिमको उद्घाटन गरेको छ ।
शुक्रवार राजबिराजमा समाजिक बिकास मन्त्रालयको सहयोग तथा शिक्षा तालिम केन्द्र कलैया, बाराद्वारा आयोजित आधारभुत बिद्यालयका सिरहा र सप्तरीका गणित शिक्षकहरूको लागि तालिमको आयोजना गरिएको हो ।
सो अवसरमा शिक्षा तालिम केन्द्र बाराका प्रमुख गोपाल प्रसाद कडेलले प्रदेश २ का तीन वटा तालिम केन्द्रलाई संचालनमा ल्याउने बताउनुभयो ।
यहाँबाट बारा जिल्ला जान कठिनाई हुने भएकोले यहाँ तालिम केन्द्रलाई पुनः संचालनमा ल्याउने भन्ने बारेमा ऐन कानुन बनेपछि सामाधान हुने बताउनुभयो । शिक्षाको गुणस्तरलाई अगाडि बढाउन नेतृत्व वर्ग तयार रहेको अबस्थामा तालिमको सहयोगवाट शिक्षक कक्षा कोठा सम्म पुरयाउने, क्षमताको बिकासको लागि शिक्षकको गरिमामय उपस्थिति हुनु आबश्यक रहेको बताउनुभयो ।
शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीका प्रमुख फणिन्द्र खत्रीले अभिभावक अनुसार बालवालिकाहरूले गुणस्तरीय शिक्षा पाउन नसकेकोले यस तालिमले ठुलो सहयोग पुग्ने बिश्वास लिएको बताए । उनले भने गणित बिषयमा बालवालिकाहरूले फरक तरिकाबाट कक्षा कोठामा शिक्षा दिएमा तालिमको उपलब्धि हुने बताउनुभयो ।
सो कार्यक्रम प्रशिक्षक परशुराम यादब शिक्षाको गुणस्तर कायमका लागि शिक्षकहरूलाई प्रशिक्षण दिई प्रशिक्षित गर्नु आबश्यक रहेको बताउनुभयो । एनप्याब्सनका जिल्ला अध्यक्ष बोकु साह आठ वटै जिल्लाका निजी बिद्यालयका शिक्षकहरूलाई पनि प्रशिक्षण दिनुपर्ने बताए ।
सो अवसरमा राजपाका युवा नेता बिनोद कुमार यादब, राष्ट्रिय बिद्यार्थी सँघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादब, जिल्ला अध्यक्ष शम्भु कुमार यादब, शिक्षा तालिम केन्द्रको शाखा अधिकृत भागिरथ झाले लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन प्रशिक्षक योगेन्द्र प्रसाद यादबले गरेका थिए ।
सो तालिममा सप्तरी र सिरहाका आधारभुत बिद्यालयका गणित २५ जना शिक्षक÷शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ