News Category 2076/10/28
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने शुक्रवार मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको परिसरमा प्रदेश नं. २ को समाजिक बिकास मन्त्रालय र सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाले आयोजना गरेको मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय जना महिला पुरुषको उपचार गरिएको स्वास्थ्य सह–संयोजक रामदेव यादवले जानकारी दिनुभयो ।
सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको मुटु रोग बिशेषज्ञ डाक्टर राजकुमार साहको नेतृत्वमा ४ जना स्वास्थ्यकर्मीहरुको टोलीले उपचार गरेको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ।
सार्थै नर्सिङ परामेडिकसहित ११ जना स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो ।
सो क्रममा मुटुरोग सम्बन्धि उपचार गरिएका २ सय जनालाई निःशुल्क औषधी समेत बितरण गरिएको छ । त्यस निःशुल्क शिविरमा मधुमेहको समेत जाँच गरिएको थियो ।
उनीहरुलाई इसिजी र इको सेवा पनि निःशुल्क प्रदान गरिएको स्वास्थ्य सह–संयोजक यादवले बताए ।
प्रदेश नं. २ का समाजिक बिकास मन्त्री नबलकिसोर साहको प्रमुख अतिथिय र प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको जनाइएको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ