News Category 2076/10/28
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नेपालको हितमा हुने गरि अमेरिकाको मिलेनियम च्यालेन्ज कार्पाेरेशन (एमसीसी)लाई पारित गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीको कार्यक्रममा सहभागि हुने सप्तरी आईपुग्नु भएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपालको हितमा हुने गरि एमसीसीलाई पारित गरेर बिदेशी सहयोग लिनुपर्ने बताउनुभयो ।
कुनै देशले यदि नेपाललाई सहयोग गर्न चाहन्छन् भन्ने हामीले सहयोग दिनुपर्छ, अध्यक्ष साहले भन्नुभयो–‘‘तर त्यो सहयोग गर्ने नाममा नेपालभित्र छिरेर अशान्त मच्चाउन र देशलाई द्वन्द्व तर्फ धकेल्न नियतबाट आएको हो भन्ने त्यसलाई अस्वीकार पनि गर्नुपर्छ ।” एमसीसी बारे गहन छलफल गरेर देशको हित हुने गरि मात्र पारित गर्नुपर्ने उहाँको भनाई थियो ।
एमसीसीको बिषयलाई लिएर पक्ष र बिपक्षमा भईरहेको
अनावश्यक बहसलाई छाडेर एमसीसी नेपालको हितमा छ वा छैन् भन्नेर सबै दलले सोच्नुपर्नेमा जोड दिनुहुँदै नेपालले सबै देशसँग मित्रवत सम्बन्ध राख्नुपर्ने बताउनुभयो ।
ललिता निवासको जग्गा अनियमितता प्रकरणमा दुई जना पुर्वप्रधानमन्त्री माधव नेपाल र बाबुरा भट्टराईमाथि मुद्दा नचलाएर अन्य पदाधिकारीमाथि मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय त्रुटीपुर्ण भएको टिप्पणी समेत उहाँले गर्नुभयो ।
ठुला नेताहरुलाई छाडेर अन्य पदाधिकारीमाथि मात्रै मुद्दा चलाउने अख्तियारको निर्णयले अख्तियार कतै सरकारको छायाँ त नबनेको हो कि भन्ने आशंका लाग्न थालेको अध्यक्ष साहको कथन थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ