News Category 2076/10/28
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट, अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड
चन्दनकुमार यादव
राजविराज, २४ माघ ।
प्रदेश नं. २ का जिल्ला सभाको काम, कर्तव्य र अधिकार अस्पष्ट नहुदाँ जिल्ला समन्वय पदाधिकारी असन्तुष्टसँगै अन्यौलामा परेको छ ।
जिल्ला समन्वय समिति निर्वाचित भएर आएको दुई बर्ष बित्न लाग्दा पनि जिल्ला सभाको काम, कर्तव्य, र अधिकार स्पष्ट नहुदाँ समन्वय समितिका पदाधिकारीहरू असन्तुष्ट बनेको हो ।
जिल्ला समन्वय समितिले विभिन्न स्थानिय निकायमा गरिने अनुगमन तथा समन्वयको भुमिका प्रभावकारी नभएकोले जिससको औचित्य नरहेको सहभागी आठ वटै जिल्ला प्रमुख तथा उपप्रमुखहरूले गुनासो पोखेका छन ।
शुक्रवार जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित जिल्ला सभाको काम, कर्तव्य, र अधिकार सम्बन्धि अन्तरक्रिया गोष्ठीमा सहभागी पदाधिकारीहरूले अधिकार सम्बन्धी ब्यबस्था गर्न बनेको कार्यबिधि ०७६ माथि सुझाव तथा छलफल गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको आयोजना तथा मुख्य न्यायाधिवक्ता कार्यालय प्रदेश २ जनकपुरधाम धनुषाको समन्वयमा आयोजना गरिएको हो । सो अवसरमा अधिकाँस जिल्लाका समन्वय समितिका पदाधिकारीले काम, कर्तव्य र अधिकार को सवालमा प्रदेश २ सरकारल तयार पारेका कार्यबिधि संन्तोषजनक नभएकोले सच्चाउन माँग गरेको छ ।
जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले जिल्ला समन्वय समितिलाई स्थानिय निकायले सारुतेला
व्यवहार गरेको आरोप लगाउदै मर्यादा कायम भएपनि कार्य, व्यवहार कमजोर भएको बताउनु भयो । दुई वर्षदेखि प्रदेश सरकारले ऐन कानुन नबनाउदाँ हामी सबै अन्यौलमा छौ, भन्दै प्रदेश सरकारले केही बजेट दिएको छैन, धनुषाका प्रमुख रामदेव यादबले गुनासो गरे ।
जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादबले प्रदेश २ का जिल्लाहरूको बालुवा, गिटी, उत्खनन् गर्ने सम्बन्धमा अनुगमन तोकिएको भएपनि स्थानिय तहले आफनो अनुकुल गिट्टी, बालुवा, उत्खनन् गर्ने गरेका आरोप लगाए ।
उनले भने गिट्टी, बालुवा, उत्खनन् सम्बन्धी सम्पुर्ण अधिकार जिल्ला समन्वय समिति मातहतमा राख्ने गरी अधिकार सहितको कानुनमा ब्यबस्था गर्नुपर्ने बताए ।
यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश कुमार सिंहले जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धी बनेको कार्यबिधि उपर भएको छलफलमा अनुगमन तथा समन्वयको अधिकारलाई थप परिमार्जन गरी अनुगमन पश्चात् अनुगमनको प्रतिवेदन उपर कार्यवाही गर्ने निकाय वारेमा कानुन स्पष्ट हुनुपर्नेमा माँग गरेको छ। ।
सो अवसरमा मुख्य न्यायाधिबक्ता कार्यालयका सप्तरीका प्रतिनिधि किरण कुमारी साहले आठ वटै जिल्ला सभाका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख हरूवाट आएको सुझाव र सल्लाहलाई मुख्य न्यायाधिवक्ताको कार्यालय पुगाउने बताईन ।
उनले भनी जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार तथा अनुगमन तथा समन्वयको प्रभावकारी बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालय गम्भीर भएको बताईन ।
उनले भने जिल्ला समन्वय समितिले गरेको अनुगमनको प्रतिवेदन उपर कार्यान्वयन नभएकोले त्यस सम्बन्धी अधिकारको ग्यारेन्टी गर्ने सम्बन्धी कानुन प्रदेश सरकारले निर्माण गरिने बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ