News Category 2076/10/28
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
तिलाठी कोइलाडी गाउँपालिकाले सोमबार दादुरा रुबेला सम्बन्धी गाउँपालिका स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष सतिश कुमार सिंहको उपस्थितिमा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई दादुरा रुबेला खोप र ५ बर्षमुनीकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
उक्त दादुरा रुबेला कार्यक्रम सम्पन्न गर्न बालबालिकाहरुलाई खोप केन्द्रसम्म ल्याउन प्रेरित गर्न महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई तालिम समेत प्रदान गरिएको स्वास्थ्य शाखाका प्रमुख शैलेश कुमार मिश्रले जानकारी दिए ।
मिजल्स भाइरसका कारण लाग्ने दादुरा रोग बालमृत्यु हुने प्रमुख कारणको रुपमा रहेको अधिकृत झाले बताए । गाउँपालिकाभरिका गरी ४ हजार ३ सय ३२ जना ९ महिनादेखि ५ बर्षसम्मका र ५ हजार २ सय ६८ जना पाँच बर्षमुनीका बालबालिकालाई पोलियो थोपा खुवाइने उनले बताए ।
अभिमुखीकरण कार्यक्रम समापन गर्दै गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले कुनै पनि बालबालिका खोप पाउनबाट वञ्चित नहुने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ