News Category 2076/10/28
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
राजविराज स्थित विमानस्थलमा राजविराज नगरपालिकाले कोरोना भाइरसबाट जोगिन सोमवार हेल्थडेस्कको स्थापना गरेको छ ।
कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिम रहेकोले नगरपालिका मातहतका स्वास्थ्यकर्मी राखेर हेल्थडेस्क मार्फत स्वास्थ्य परिक्षण तथा प्रशिक्षण सेवा शुरु गरेको हो ।
विमानस्थलमा नगरपालिकाकाले तीन सदस्यीय स्वास्थ्यकर्मीको टिम खटाएका छन् । राजविराज विमानस्थलमा बाहिरबाट आउने यात्रुको परिक्षण गर्दा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिए तत्कालै थप परिक्षण र उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा रेफर गरिने नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
उनले स्वास्थ्य परिक्षणका साथै यात्रुहरुलाई कोरोना भाईरस रोगको लक्षण र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिने कार्य समेत थालिएको बताए ।
हेल्थडेस्क स्थापनाको पहिलो दिन ५० जनाको परिक्षण गरिएपनि कोरोना भाईरसले संक्रमित व्यक्ति भने कोही फेला नपरेको स्वास्थ्य परिक्षण टिमका प्रमुख आशिष चौधरीले बताए ।
कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिमलाई ध्यानमा राखेर राजविराज विमानस्थलको निकासद्वारमा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य परिक्षण र प्रशिक्षण सेवा सुरु गरिएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए ।
उनले कोरोना भाईरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन तालिम प्राप्त स्वास्थ्यकर्मीलाई हेल्थडेस्कमा खटाई परिक्षण सँगसँगै सचेतना मुलक प्रशिक्षण दिने व्यवस्था समेत मिलाईएको बताए । आवश्यकता परे सप्तरीको विभिन्न नाकाक्षेत्रमा समेत हेल्थडेक्स स्थापना गर्ने तयारी भईरहेको उनको भनाई छ ।
यता तिलाठी कोईलाडी गाउँपालिकाले शनिवारदेखी बेल्ही भन्सार कार्यालयको मुल गेट नजिकै हेल्थडेस्क संचालनमा ल्याईएको गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
माहामारीको रुपमा फैल्न सक्ने कोरोना भाईरस फैल्न नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको पहिचान र उचित उपचारका लागि यहाँ भईरहेको तयारी प्रससनिय रहेको स्थानियहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ