News Category 2076/11/01
दश महिनापछि खेलकुदको ताला खुल्यो

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
गत जेठ ७ गतेदेखी विभिन्न माँगहरु राख्दै जिल्ला खेलकुद विकास समिति कार्यालय सप्तरीमा लगाइएको ताला दश महिनापछि विहिबार खुलेको छ ।
समितिकै उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्मा बहुमत पदाधिकारीले विभिन्न माग राखी समितिको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
समितिको कोषाध्यक्ष राजेश कुमार चोधरीले दिउसो ३ बजे तिर समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा भारोत्तोलन सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक उपाध्यक्ष मनोज यादवलगायत खेलाडी र प्रशिक्षकको उपस्थितिमा सो ताला खोलिएको हो ।
यसैबीच बिहिबारै कोषाध्यक्ष चौधरीले विज्ञप्ती जारी गरी लामो समयको तालाबन्दीका कारण खेलकुद गतिविधि प्रभावित भएकाले खेलाडीहरुको भावनाको कदर गर्दै तालाबन्दी कार्यक्रम तत्कालका लागि फिर्ता लिईएको जनाएका छन् ।
यद्यपी विज्ञप्तीमा आफुहरुले उठाएका तीन बुँदे माग सात दिन भित्र सम्बोधन नभए थप शसक्त कार्यक्रम गर्ने चेतावनी समेत विज्ञप्ती माफर्त दिइएको छ । समितिका सवै पदाधिकारी सत्ताधारी नेकपाद्वारा नै मनोनित भएपनि २ गुटमा विभाजित भएपछि विवाद सँगै तालाबन्दी पनि लम्बीदै गएको थियो ।
अध्यक्ष अमर खवास बाहेकका पदाधिकारीले कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा हुनुपर्ने, २०७१÷०७२ देखिको आय व्यय सार्वजनिक गर्नुपर्ने तथा कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त नाममा समितिको खाता संचालन हुनुपर्ने प्रमुख माग राखी गत ७ जेठमा समितिको मुल गेट तथा कार्यालयका अन्य सवै फाटमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण विभिन्न राष्ट्रिय प्रतियोगितामा सप्तरीबाट खेलाडीहरु सहभागिता हुनबाट बञ्चित समेत भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ