News Category 2076/11/02
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे

दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा शनिबारदेखि तीन दिने इस्लामिक धार्मिक कार्यक्रम (इज्तिमा) मा हजारौं मुस्लिम सहभागि आउने क्रम जारि छ ।
नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो ।
यस अघि अघिल्लो दिन विहिबार फागुन ३ देखि ५ सम्म हुने भनिएको सो कार्यक्रममा अन्य मुलुकबाट पनि सहभागी आउन थालेपछि गृह मन्त्रालयले स्थानिय प्रशासन मार्फत कार्यक्रम गर्न रोक लगाउने निर्देशन दिएको थियो ।
यता आयोजक समितिका संयोजक मो. गफुरले कार्यक्रममा नेपाल तथा भारतका मुस्लिम धर्माबलम्बीहरुलाई मात्र आमन्त्रण गरिएकोेमा तेस्रो मुलुकका मुस्लिम समुदायहरु आउनुमा आफुहरुको कुनै दोष नरहेको दावी गर्दै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमलाई सहभागी नगराईने प्रतिबद्घता जनाएपछि प्रशासनले कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्न अनुमति प्रदान गरेको जानकारी दिएका छन् ।
धार्मिक कार्यक्रकमा भाग लिन आएका पाहुनाहरुलाई घर भित्र नआउ भन्नै कठिन भएको सुनाउँदै उनले सरकारको दवाव झेल्न नसकि बाध्य भई फिर्ता जान भनेको सुनाए । धार्मिक कार्यक्रम इज्तिमा गर्न सरकारले बातावरण बनाउन सहयोग गर्नुको सट्टा अनावश्यक तनाव दिएको उनको भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कार्यक्रममा नेपाल र भारतका मुस्लिम मात्र उपस्थित हुने भनिएपनि अन्य मुलुकबाट समेत सहभागी आउन थालेपछि कार्यक्रम रोक्न गृह मन्त्रालयबाट निर्देशन आएको र सोही अनुसार आफुले पहल गरेको बताए ।
अहिले कार्यक्रम स्थलमा कुनै अप्रिय घटना हुन नदिन नेपाल र सशस्त्र प्रहरीका गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यक्रम स्थलमा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल निर्माण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख प्रबचनकर्ता भारतको दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना मो. साद पनि पुगि सकेका छन् ।
यसका साथै नेपाल तथा भारतका विभिन्न शहरका मौलाना तथा मुस्लिम समुदायका अगुवा गरी शुक्रबार साझ सम्ममा ५० हजार भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु यहाँ आई पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ